राजनीतिक तनावको असरः हङकङ र ‘मेनल्यान्ड’ चीनका नागरिकबीच लन्डनमा कुटाकुट

राजनीतिक तनावको असरः हङकङ र ‘मेनल्यान्ड’ चीनका नागरिकबीच लन्डनमा कुटाकुट

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार ११:५१, काठमाडौँ

गत शनिबार बेलायतको लण्डनमा एसियाली नागरिकमाथिको घृणाविरुद्ध निकालिएको र्‍यालीमा मेनल्याण्ड चीन र हङकङका नागरिकबीच झडप भएको छ। ब्रिटिश नेशनल (ओभरसिज) भिसा स्किममा बेलायत पुगेका हङकङका नागरिक र मेनल्याण्ड चीनका नागरिकबीच उक्त र्‍यालीमा झडप भएको हो। 

शनिबार विभिन्न चिनियाँ संगठनहरुले एसियाली नागरिकमाथिको घृणाविरुद्ध र्‍याली प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीले अन्य मुलुकका नेताले चीनविरुद्ध दिने गरेको अभिव्यक्तिको कारण चिनियाँ र चिनियाँ समुदायमाथि हिंसा बढेको बताएका थिए।

बेलायतको प्रहरीका अनुसार सन् २०२० को सुरुवाती तीन महिनामा चिनियाँ, दक्षिण पूर्वी एसिया र पूर्वी एसियाका मानिसमाथि घृणासम्बन्धी अपराध भएको थियो। जब कि सन् २०१९ को समग्र वर्षमा ३७५ घृणासम्बन्धी अपराधका मुद्दाहरु आएका थिए। 

आयोजकहरुले सामाजिक सञ्जालमा उक्त र्‍याली शान्तिपूर्णरुपमा सञ्चालन गरिएको बताएका छन्। यद्यपि विरोधीहरुले उनीहरुमाथि अपशब्द प्रयोग गरेका थिए। हङकङका नागरिकको समूहले र्‍यालीमा सहभागीलाई हङकङ र सिन्चियाङमा भएको मानवअधिकार उल्लंघनको बेवास्ता गरेको आरोप लगाउँदै ‘शेम अन यू (तिमीहरुलाई लाज लाग्नुपर्ने हो)’को नारा लगाएका थिए। 

नवआगन्तुक हङकङका नागरिकलाई सहयोग गरिरहेको एक संस्थाका म्यानेजर जाबेज लामका अनुसार दुई पक्षबीच झडप भने चिनियाँ समुदायको र्‍याली सकिएपछि भएको हो। उनका अनुसार हङकङका नागरिकको समूहमाथि आक्रमण गर्ने ६ जनामाथि मुद्दा दायर गरिएको छ।

झडपको क्रममा केही मानिस घाइते भएका छन्। प्रहरीले अहिले यो घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। विश्लेषकहरुले आगामी दिनमा बेलायतमा मेनल्याण्ड चीन र हङकङका नागरिकबीच यस किसिमका झडप आगामी दिनमा अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

बेलायतले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन ल्याइएसँगै हङकङका नागरिकलाई बेलायतमा बसोबासको अनुमति दिने योजना ल्याएको छ। एससीएमपीबाट

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .