दुई चिनियाँ कम्पनीले हङकङमा आईपीओबाट उठाउँदै छन् १ अर्ब डलर

दुई चिनियाँ कम्पनीले हङकङमा आईपीओबाट उठाउँदै छन् १ अर्ब डलर

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १३:१, काठमाडौँ

दुई प्रमुख चिनियाँ प्रविधि कम्पनीले हङकङमा साधारण सेयर (आईपीओ) निष्काशन गरी करिब एक अर्ब डलरबराबर रकम उठाउने भएका छन्।

‘चीनको ट्वीटर’को रुपमा चिनिने वेइबोले र म्युजिक स्ट्रिमिङ कम्पनी नेटइजको क्लाउड भिलेजले करिब १ अर्ब डलर उठाउन आईपीओ जारी गरेका हुन्। 

वेइबोले ५४ करोड ७३ लाख डलरबराबरको आईपीओ जारी गरेको छ। कम्पनीको आईपीओ बिक्री आगामी बिहीबार सकिनेछ। सामाजिक सञ्जाल कम्पनी वेइबोका मासिक ५६ करोड ६० लाख प्रयोगकर्ता छन्।

यसको दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २४ करोड ६० लाख छ। कम्पनीले आफ्नो प्राविधिक संरचना विस्तारलगायतका क्षेत्रको विकास गर्ने उद्देश्य राखेको छ।

क्लाउड भिलेजले पनि हङकङमा आईपीओबाट ४२ करोड १० लाख डलरबराबरको रकम उठाउनेछ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .