हङकङका सुरक्षामन्त्री ‘तिहारमा आगलागीबाट जोगिनु’ भन्दै नेपालीका घरघर

हङकङका सुरक्षामन्त्री ‘तिहारमा आगलागीबाट जोगिनु’ भन्दै नेपालीका घरघर

नेपालखबर
कात्तिक १८, २०७८ बिहिबार १४:९, काठमाडौँ

हङकङमा नेपाली समुदायले तिहार मनाउन झिलिमिली बत्ती बाल्ने क्रममा आगलागी नहोस् भनेर त्यहाँको सरकारले सुरक्षा अपनाएको छ। हङकङस्थित याउ चिङ मोङ फाएर सेफ्टी कमिटीले त्यहाँ नेपालीको बाक्लो बसोबास रहेका क्षेत्रमा आगलागीविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। 

यसै क्रममा हङकङ सरकारका सुरक्षामन्त्री क्रिस तेङ पिङ क्योङले नेपालीका घरघर पुगेर आगलागी नियन्त्रणसम्बन्धी सामग्री वितरण गरेका हुन्। 

हङकहङका नेपालीले पनि दसैं, तिहारजस्ता ठूला चाडपर्वमा भेला भएर खुसियाली मनाउने गरेका छन्। तिहार पनि उनीहरूले नेपालमा जस्तै झिलिमिली बत्ती बालेर मनाउने गरेका छन्। 

तर यस्तो बेला कहिलेकाहीँ असावधानी हुँदा आगलागीका ठूला घटना पनि हुने गरेका छन्। गत वर्ष तिहारकै बेला हङकङमा ठूलो आगलागी हुँदा  ८ जना नेपालीको मृत्यु भएको थियो। 

यसपछि त्यहाँको सरकार निकै सजग भएको हो। त्यसयता हङकङ सरकारले त्यहाँ नेपालीहरूको बढी बसोबास रहेको क्षेत्र जोर्डनमा आगलागीबाट बच्ने उपायहरू अपनाइरहेको छ। यस्तै चिङ मोङ डिस्ट्रिकले पनि चाडबाडका बेला त्यस्ता दुःखद घटना हुन सक्ने कुरालाई विचार गरी आगलागीविरुद्ध चेतनामूकल नाटक प्रदर्शनका साथै घरघर गएर अग्निनियन्त्रक सामग्री वितरण गरिरहेको छ।

आयोजकका अनुसार फाएर इन्स्टिग्युटर र ब्लान्केट वितरण गर्नाका साथै साथै नेपालीहरूका गुम्बा, पसल र घरघरमा फ्रि स्मोक डिटेक्टर जडान गरिएको छ। 

यही अवसरमा हङकङ सरकारका सुरक्षामन्त्री क्रिस तेङ पिङ क्योङले नेपालीका घरघरमा पुगेर आगलागीबाट बचाउने सामग्री वितरण गरेका हुन्।

तिहारका अवसरमा चेतनामूलक भिडिओ पनि सार्वजनिक गरिएको याउ चिङ मोङ डिस्ट्रिक फाएर सेफ्टी कमिटीले
जनाएको छ। 

कमिटीद्वारा सञ्चालित अभियानमा कमिटिकी अध्यक्ष मिस एन आउ, संयोजक प्याट्रिक को, हङकङ नेपाली महासंघकी पूर्वसभापति रीता गुरुङ र डिस्ट्रिक फाएर सेफ्टी कमिटीकी सदस्य अरुणा गुरुङको सक्रिय सहभागिता छ। कार्यक्रममा ठूलो संख्यामा नेपाली सहभागी भएको आयोजकले जनाएको छ। ​
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .