हङकङमा १ करोड ६० लाख डलरको १४ किलो कोकिन बरामद, ३ पक्राउ

हङकङमा १ करोड ६० लाख डलरको १४ किलो कोकिन बरामद, ३ पक्राउ

नेपालखबर
असोज २१, २०७८ बिहिबार २१:४८, काठमाडौँ

हङकङका भन्सार अधिकारीहरुले एक करोड ६० लाख हङकङ डलर मूल्यको कोकिन बरामद गरेका छन्। कोकिनसहित तीन जनालार्य पक्राउ गरिएको छ।

भन्सार विभागले बिहीबार जनाएअनुसार अधिकारीहरुले लागूऔषध तस्करीविरुद्धको कारबाहीमा एक २४ वर्षीया युवतीलाई समातिएको छ। 

सेउङ क्वान ओमा बुधबार ती महिलाको घरमा छापा मार्दा १४ किलो शंकास्पद कोकिन फेला परेको थियो। 

सोही घटनामा २१ वर्षका एक युवा र अर्की एक युवतीलाई पनि पक्राउ गरिएको छ। ती दुई जना पनि सोही घरमा फेला परेका थिए। 

घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ। 

लागुऔषध कारोबारमा दोषी ठहर भएका यी तीन जनालाई जन्मकैदका साथी ५० लाख हङकङ डलर जरिबाना हुनसक्छ। 

पछिल्लो समय हङकङमा ठूलो मात्रामा लागुऔषध पक्राउ परिरहेका छन्।

गत आइतबार १३ करोड डलरको मेथसहित २१ वर्षीय युवा समातिएका थिए।

सेप्टेम्बरको अन्तिममा प्रहरीले क्वाइ चुङमा लागुऔषध लुकाउने ठाउँ नै फेला परेको थियो। एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .