हङकङमा नेपालीलाई दिइयो आगलागीबाट बच्ने शिक्षा

हङकङमा नेपालीलाई दिइयो आगलागीबाट बच्ने शिक्षा

नेपालखबर
भदौ १८, २०७८ शुक्रबार २०:१७, काठमाडौँ

हङकङमा हालै ठूलो मात्रामा जनधन क्षति हुनेगरी आगलागीका घटना भएपछि त्यसबाट कसरी जोगिने भन्ने विषयमा शिक्षामूलक कार्यक्रम सम्पन्न गरिएको छ। 

हङकङमा बसोबास गर्ने नेपालीलगायत अल्पसंख्यक समुदायबीच आगलागीबाट कसरी बच्ने, भइहाले कसरी क्षति न्यूनीकरण गर्ने, आगलागी हुनबाट जोगिने उपाय तथा आपसी सद्भाव र सहयोग कायम गर्ने विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘समर रिफ्रेस फर एथ्निक माइनोरिटिज कम फायर सेफ्टी फन डे’ कार्यक्रम सम्पन्न गरिएको हो।  

याउ चिङ मोङ डिस्ट्रिकस्थित बहुसांस्कृतिक गतिविधि केन्द्र (एमएसी), जोर्डनस्थित याउ चिङ मोङ फायर सेफ्टी कमिटी र याउ चिङ मोङ डिस्ट्रिक काउन्सिलको संयुक्त आयोजना तथा हङकङ फायर सर्भिस डिपार्टमेन्टको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो। 

याउ चिङ मोङ फायर सेफ्टी कमिटीकी अध्यक्ष सुश्री एन औ, याउ चिङ मोङ डिस्ट्रिक अफिसर एडवार्ड यु, जेपी, फायर सर्भिस डिपार्टमेन्ट, काउलुन साउथ डिस्ट्रिक डिभिजनल कमान्डर स्टेभन चान र कम्युनिटी फायर एजुएकेसन वर्किङ ग्रुप कन्भेनर पेट्रिककोबाट प्रोफेसनल हेयर इस्टाइलिस्टहरूलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो। 

कार्यक्रममा थुप्रै नेपालीलगायत अल्पसंख्यक समुदायका छात्र–छात्रा तथा अभिभावकको बाक्लो सहभागिता थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई स्कुल जानुअघि चुस्त र फूर्तिलो देखिन प्रोफेसनल हेयर इस्टाइलिस्टहरूबाट निःशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो।

साथै सहभागी सबैलाई विशेष उपहार प्रदान गरिएको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .