हङकङका ७ प्रदर्शनकारी पूर्वसांसद र ‘एक्टिभिस्ट’ लाई १६ महिनासम्मको जेल

हङकङका ७ प्रदर्शनकारी पूर्वसांसद र ‘एक्टिभिस्ट’ लाई १६ महिनासम्मको जेल

नेपालखबर
भदौ १६, २०७८ बुधबार १६:३, काठमाडौँ

२०१९ मा सरकारविरोधी प्रदर्शनमा भाग लिएका ७ विपक्षी एक्टिभिस्टहरुलाई हङकङको एक अदालतले १६ महिनासम्मको जेल सजाय दिएको छ। 

बुधबार जिल्ला अदालतले सो फैसला गरेको हो। सिभिल ह्युमन राइट्स फ्रन्टले दुई वर्षअघि आयोजना गरेको प्रदर्शनहरुमा भाग लिएको आरोपमा अदालतले दिएको यो चौथो सजाय हो। 

फ्रन्टका संयोजक फिगो चान होवुन, पूर्वसांसद लुङ क्वक हुङ र अल्बर्ट हो चुनयानलाई २० अक्टोबर २०१९ को प्रदर्शनका लागि १६ महिनाको जेल सजाय दिइएको छ। 

पूर्वसांसद सिड हो साउलान र एक्टिभिस्ट राफेल वङ होमिङलाई १४ महिना तथा पूर्वसांसद युङ सुम र एक्टिभिस्ट एभेरी ङ म्यानयुनलाई ११ महिना तथा एक वर्षको सजाय दिइएको छ। 

वङबाहेक यी सबै अहिले यसअघिकै फैसलाअनुसार जेलमै छन्। 

यी प्रदर्शनकारीले गरेको हिंसात्मक र आपराधिक प्रदर्शनका लागि जेल सजाय नै उपयुक्त भएको न्यायाधीश अमान्डा वुडककले बताइन्। 

अक्टोबर २० को प्रदर्शनमा करिब साढे तीन लाख मानिस सिम सा सुईदेखि वेस्ट काउलुनसम्म जुलुसमा सहभागी भएका थिए।

उनीहरुले प्रहरी चौकी, ट्राफिक बत्ती, पसल, रेस्टुराँ, ट्रेन स्टेसन तोडफोड गरेका थिए। जसबाट करिब ७३ लाख हङकङ डलरबराबरको क्षति भएको जनाइएको छ।  एससीएमपी
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .