हङकङमा एक महिलाको हिल–जुत्ता सुँघ्ने दुई पुरुष गिरफ्तार

हङकङमा एक महिलाको हिल–जुत्ता सुँघ्ने दुई पुरुष गिरफ्तार

नेपालखबर
साउन २०, २०७८ बुधबार १९:९, काठमाडौँ

हङकङमा एक महिलाको हिल–जुत्ता सुँघ्ने दुई पुरुष गिरफ्तारमा परेका छन्।

न्यु टेरिटोरीस्थित एउटा हाउजिङमा बसोबास गर्ने महिलाको अपार्टमेन्ट अगाडि आएर हिल–जुत्ता सुँघ्नेजस्ता शंकास्पद गतिविधि गरेको आरोपमा ती दुई पुरुष पुक्राउ परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रहरीका अनुसार ३० र ३१ वर्षका पुरुष गिरफ्तार भएका छन्। गत महिना त्युन मुनस्थित अपार्टमेन्टमा बस्ने एक पुरुषले आफ्नो सीसीटीभीबाट अपार्टमेन्ट अगाडि ती पुरुषहरुले हिल–जुत्ता सुँघ्नेजस्ता गतिविधि गरेको देखेपछि महिलालाई यो विषयमा जानकारी दिएका थिए।

ती महिलाले पनि सीसीटीभी जडान गरेपछि ती पुरुषहरुले सोही गतिविधि दोहोर्याएको देखिएको थियो।

ती दुवै पुरुषले एमअर्कालाई नचिनेको बताइएको छ। उनीहरुले हिल–जुत्ता किन सुँघे भनेर अनुसन्धान भइरहेको छ। 

उनीहरुलाई मंगलबार र बुधबार पक्राउ गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .