राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशकै धनीको सूचीमा उत्कृष्ट १० भित्र पर्ने पूर्वराजा गणतन्त्रको मर्मअनुसार नबसेका बताउँदै उनलाई पनि तीनकुने घटनामा सरकारले छानबिनमा ल्याउनुपर्ने बताए। प्रधानमन्त्रीले सर्वदलीय बैठकमा पनि यसबारे सुझाव मागेको उनले स्पष्ट पारे।
‘छानबिनमा ल्याउनुपर्छ। देशमा राजतन्त्र गयो, गणतन्त्र आइसक्यो। गणतन्त्रको मर्मअनुसार बस्दा पो इज्जत हुन्छ’ उनले आक्रोश पोखे, ‘त्यत्रो उपद्रो गर्नेरु राजा चाहियो त राप्रपाले भन्न पाइरहेकै थियो। तर, त्यतिले पुगेन है ?’
पूरा अन्तरर्वाता हेर्नुहोस् :
चैत २१, २०८१ बिहिबार १९:१

प्रतिक्रिया