म्यागेजिन

Tata MotorsTata Motors

एक अमेरिकी पत्रिकाको अन्तिम अंक

१२१ वर्षको इतिहास भएको 'वाररोड पायोनियर'को अन्तिम अंक मोरगान प्रिन्टिंगमा छपाइ हुँदै। तस्विरः टिम ग्रोबर/न्युयोर्क टाइम्स


रिचार्ड फसेट
वाररोड (मिनीसोटा), साउन २१

सबैजसो व्यापार इन्टरनेट केन्द्रित भएको छ। विज्ञापनको केही हिस्सा मात्रै पत्रिका र रेडियोमा जान्छ। पत्रिका र रेडियोले पाउने व्यापार भनेको वृद्ध लक्षित मात्र हो।

अमेरिकाको एउटा साप्ताहिक पत्रिका ‘वाररोड पायोनियर’की प्रकाशक रेबेका कोल्डेनलाई पहिल्यै लागेको थियो, ‘यो उनको कर्मचारी समूहका लागि तनाबपूर्ण समाचार हुनेछ।’

त्यो दिन सबै कुरा ठिकठाकै थियो। फरक के थियो भने ‘वाररोड पायोनियर’ कर्मचारीका लागि त्यो अन्तिम सोमबार थियो। साँच्चै नै अघिल्लो साता उनले पत्रिका बन्द गर्ने घोषणा गरिन्।

द पायोनियर त्यस्तो साप्ताहिक पत्रिका हो जो क्यानडा सीमासँगैको अमेरिकी राज्य मिनीसोटाबाट १ सय २१ वर्षसम्म निरन्तर प्रकाशित भयो, स्थानीय मुद्दामा सशक्त उपस्थिति जनायो। कृषि, शिक्षा, स्वास्थ्य, अव्यवस्थाजस्ता चासोका विषयमा सत्यको भुइँ छोएर सधैँ समाज र राज्यलाई मार्गनिर्देश गरिरह्यो।

यति लामो इतिहास बोकेको पत्रिका बन्द गर्ने दिन रेबेकालाई सहज महसुस भइरहेको थिएन। उनी बिहानै उठिन्। मन शान्तिको लागि एउटा क्रिश्चियन गीत सुनिन्– ‘दिस इज माइ स्टोरी, दिस इज माइ सङ, प्रेजिङ माई सेभिअर अल डे लङ’ (यो मेरो कथा हो, यो मेरो गीत हो, पूरै दिनहरु मेरा संरक्षकको प्रशंसामा...)।

pioneer newspaper2
वाररोड पायोनियरको समाचार कक्षमा प्रकाशक रेबेका कोल्डेन (बायाँ) तथा डिजाइन जेन प्रोभेन्स। तस्विरः टिम ग्रोबर/न्युयोर्क टाइम्स

त्यो दिन उनी गह्रौं मन लिएर समाचार कक्षमा प्रवेश गरिन्। उनको साथमा जैतुन फल र टमाटरको मिश्रण थियो। त्यसलाई सघाउने मदिरा भोड्काको एउटा बोतल पनि। समाचार कक्षको प्रिन्टरमा पहिलो पृष्ठको शीर्षकले जिस्काइरहेको थियो। ठूलो बोल्ड अक्षरमा लेखिएको थियो– ‘फाइनल एडिसन’ अर्थात् अन्तिम अंक।

वर्षौंदेखि बस्दै आएको आफ्नो डेस्कमा उनी बसिन् र केही बिलहरु पल्टाइन्। त्यसमध्ये एउटा स्ट्याम्प लगाइएको बिलमा ‘पास्ट ड्यु’ लेखिएको थियो। त्यो मिति नाघिसकेको तर पैसा नउठेको बिल थियो।

यो पत्रिका स्थानीयबासीमाथि लेखिएका फिचरले भरिएको हुन्थ्यो। थोरै प्रेस विज्ञप्तिहरु हुन्थे। कहिले कहीँ माछुवाहरुले समातेका दुर्लभ ठूला माछाका तस्विरहरु प्रकाशित हुन्थे। कृषकहरुका कथा पस्किन पत्रिका खप्पिस थियो। यदाकदा बच्चाहरुले अवार्ड पाएका समाचार छापिन्थे। सरकारी अधिकारीहरु, स्कुल बोर्ड र स्थानीय खेल यसको प्राथमिकतामा थिए।

‘वाररोड पायोनियर’ अमेरिकी सभ्यता प्रक्रियाको एउटा साक्षी थियो। यो सन् १८९७ को कुरा हो। त्यतिबेला मिनीसोटाको त्यो सनो सहरमा कसैको ‘अबिच्युरी’ लेखिदिने कुनै पत्रिका थिएन। न त स्थानीय सहरले मनाउने विजयोत्सवलाई समाचार बनाउने कुनै सञ्चार माध्यम नै थिए। वाररोड सहरको इतिहास खोज्दा अहिले पनि स्थायनीय संग्रहालयमा कुनै अन्य ऐतिहासिक तथ्य भेटिँदैन। एउटा बाकसमा जोगाएर राखिएको एउटा पत्रिका भेटिन्छ, त्यो पायोनियरको पहिलो अंक हो।

समाचार प्रकाशनको एक प्रकारको मरुभूमिमा यो पत्रिकाले छिटै गति लियो। पायोनियर हुलाक बक्समा पुग्थ्यो। प्रकाशकले यसलाई १३ हप्ताको लागि निःशुल्क दिन्थे। परीक्षणकै रुपमा प्रकाशन भएको हुँदा यसको दीर्घकालीन यात्राबारे त्यतिबेला कुनै योजना थिएनन्। 

pioneer newspaper3
पत्रिकाकी सम्पादक जेसर तथा उनका पति रिक (दायाँ) समाचार सामग्रीको सम्पादन गरिरहँदा। तस्विरः टिम ग्रोबर/न्युयोर्क टाइम्स

पायोनियरको अवसान स्वाभाविक थियो किनभने पछिल्लो समय पत्रिकामा स्तरीय विज्ञापन आउन छोडेका थिए। पत्रिकाको सर्कुलेशन घटेको थियो। यो त्यस्तो क्षेत्र हो जहाँ ‘डोरस्टेप रिटेल’ को ख्यातिप्राप्त कम्पनी अम्याजन समेत असफल भएको छ। जाडो याममा तापक्रम माइनस ३५ डिग्री फरेनहाइटसम्म झर्ने यो ठाउँमा उसको व्यवसाय असफल हुनु नौलो कुरा होइन। पछिल्लो कालमा सहरको एउटा मात्र ग्रोसर सुपरमार्केटले पत्रिकालाई रंगिन विज्ञापन दिइरहेको थियो।

‘पत्रिका बन्द हुने विषयमा म समुदायलाई चिन्तित बनाउन चाहन्नथेँ। मलाई थाहा छ मेरो सानो व्यवसाय हो। जुन केही डलर र सेन्टमा कारोबार हुन्छ’, पत्रिकाले नाफा नगरेको भन्दै रेबेकाले सुनाइन्, ‘म आफ्नै निर्णयबाट मर्माहत छु।’

मिनीसोटामा सन् २००४ यता ६५ वटा पत्रिका बन्द भइसकेका छन्। त्यो सूचीमा पायोनियर अर्को थपिएको छ। २०१९ मे ७ मा ‘द वाररोड पायोनियर’को अन्तिम प्रकाशन भयो। अन्ततः यो पनि अमेरिकाका तिनै २ हजार पत्रिकाहरुको पंक्तिमा सूचीबद्ध भयो, जो विगत १५ वर्षयता प्रकाशन बन्द भएका छन्।

pioneer newspaper
पायोनियरको अन्तिम अंक पढ्दै मिनीसोटाका एक स्थानीय। तस्विरः टिम ग्रोबर/न्युयोर्क टाइम्स

सन् २०१७ मार्च १४ को कुरा हो। पत्रिकाको पहिलो पृष्ठको बारमुनि सधैँ एउटा प्रसिद्ध महावाणि छापिन्थ्यो तर यसपटक फरक भनाइ छापिएको थियो, ‘म यही समुदायको छाया हुँ।’ त्यसपछि सेतो खाली स्थान थियो। लेख प्रकाशित हुने स्थानमा लेखिएको थियो, ‘तिमीबिना यो पत्रिका पनि चल्दैन!’ यो एउटा साँच्चै वियोगान्त लेखाइ थियो। ३ वर्षपछि यो यथार्थ भएको छ।

१५ वर्ष अघिसम्म पनि मिनीसोटामा अधिकांश विज्ञापन ५० प्रतिशत पत्रिका र ५० प्रतिशत रेडियोमा जान्थे तर अहिले समय बदलिएको छ। सबैजसो व्यापार इन्टरनेट केन्द्रित भएको छ। केही हिस्सा मात्रै पत्रिका र रेडियोमा जान्छ। पत्रिका र रेडियोले पाउने विज्ञापन भनेको वृद्धहरु लक्षित मात्र हो।

सत्यको भुइँमा उभिएर
५९ वर्षकी रेबेकाले सन् २००८ को डिसेम्बरमा ‘द वाररोड पायोनियर’ किनेकी थिइन्। मार्केटिङ पृष्ठभूमि, आत्मविश्वास, लेखन क्षमताका कारण त्यतिबेला उनमा ठूलो आशा सञ्चार भएको थियो। बितेका १० वर्षमा त्यो उत्साहले ठूलो परिवर्तन ल्याउन सम्भव भएन। पत्रिकाको आर्थिक स्थिति कहिलै मजबुद हुन सकेन।

पायोनियरका कर्मचारीले सन् २०१० को अप्रिलदेखि नै आर्थिक कठिनाइ महसुस गरिसकेका थिए। तर सत्यको वकालत गर्न भने रेबेकाले छोडिनन्। पत्रिकाले मार्बिन कम्पनीको प्रमुख कार्यकारी अधिकृत जोन डब्ल्यू मार्बिनको एउटा घटनासम्बन्धी समाचार प्रकाशन गरेको थियो। जसका कारण मार्बिनकी छोरी पक्राउ परिन्। कर्पोरेट दबदबा भएको अवस्थामा यो एकदमै साहसकि कदम थियो।

 pioneer newspaper4
पत्रिका पढ्दै ९३ वर्षीया रुथ सुत्केल जो वाररोड सहरकी मेयर हुन्। भन्छिन्, ‘म यो पत्रिका मिस गर्नेछु’। तस्विरः टिम ग्रोबर/न्युयोर्क टाइम्स 

सो समाचार प्रकाशित भएपछि रेबेकामाथि तीव्र दबाब पर्‍यो। सो कम्पनीले विज्ञापन रोक्ने चेतावनी दियो तर पछि त्यस्तो भएन। त्यसको एक हप्तापछि रेबेकाले सम्पादकीय लेखेर उक्त प्रकरणमा पत्रिकाको धारणा राख्दै सत्यको पक्षमा वकालत गरिन्। उनले सम्पादकीयमा प्रेस स्वतन्त्रता नियन्त्रणमा लिने प्रयास नगर्न सचेत समेत गराइन्।

ककटेल सेवनको त्यो सोमबार मध्याह्नसम्म भोड्का रित्तिइसकेको थियो। सोही बखत कार्यालयमा एउटा ‘अबिच्युरी’ को नयाँ सामग्री आइपुग्यो जुन पत्रिकाका संस्थापकको थियो। यसले रेबेकाको मन थप गह्रौं बनायो, अझ भावुक पनि। सबै पृष्ठका लागि सामग्री चयन भइसकेको थियो। अन्तिम अंकमा संस्थापकको ‘अबिच्युरी’ कसरी प्रकाशन नगर्नु?

रेबेकाले नियमित १६ को सट्टा २ पृष्ठ थप गर्न लगाइन् र मर्दै गरेको पत्रिकामा सो सामग्री समेटिन्।

 बेलुका ५ बजेपछि पत्रिका छापाखानामा गइसकेको थियो। पायोनियरको महिला टोलीले वाइनको बोतल खोल्यो। पत्रिका बन्द भएकोमा ग्राफिक डिजाइन प्रोभेन्स समुदायदेखि निकै रिसाएकी थिइन्।

‘हामी बन्दै हुनुपर्ने त थिएन। योभन्दा राम्रो गर्न सक्थ्यौं तर समुदाय हामीसँग जोडिन आएन’, उनले भनिन्।

रेबेका उनलाई सम्झाइ रहेकी थिइन्। तर उनी आफ्नै मनलाई सम्झाउन सकिरहेकी थिइनन्।

कार्यालयबाट फर्किंदा गाडी चलाइरहेकी उनी खेतमा काम गरिरहेका किसानहरुलाई हेर्दै न्यानो मौसममा भन्दै थिइन्, ‘म सोच्दै थिएँ यी कृषि फार्मका स्टोरी हामीले गर्नैपर्छ।’ (न्युयोर्क टाइम्सबाट अनुवाद)

साउन २१, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors