म्यागेजिन

Tata MotorsTata Motors

कथा

दाइवाला प्रेम


दीपक घिमिरे
काठमाडौं, साउन ११

अनेकौँ प्रयास गर्दासमेत उसले मलाई दाइबाट साथीमा झारिन। ऊ मसँग मज्जैले गफिन्छे, फुर्कन्छे, जिस्कन्छे पनि। बोटोमा भेट्दा बोल्छे तर भनिदिन्छे, ‘दाइ।’

 एक्कासी ऊ बाटोमा देखिई। यी आँखा उसलाई देख्न आतुर थिए। उसलाई देखेपछि मन आत्तियो। धड्कन बढ्यो।

मैले उसलाई देखेको यो तेस्रोपटक हो। अब भने जसरी हुन्छ उसँग बोल्नु थियो।

ऊ पीपलबोट पार गरेर नयाँ बानेश्वर चोकतर्फ लम्किरहेकी थिई। मैले आधा गिलास चिया टेबलमै छाडेर विप्लवलाई भनेँ, ‘तँ बस्दै गर, म दुई मिनेटमा आइपुग्छु।’

ऊ ट्वाँ पर्यो, म बाइक स्टार्ट गरेर हुँइकिएँ।

बानेश्वर चोकसम्म पुगेँ। तर, ऊ भेटिइन। मेरा लोभी आँखाले उसलाई शंखमूल, बुद्धनगर र मिनभवन जाने बाटोतर्फ पालैपालो चिहाए। त्यै पनि ऊ कतै देखिइन।

सिभिल अस्पताल पुगेर म दायाँ मोडिएँ। बानेश्वर चोकको जाममा एकछिन अडिएर फेरि दायाँ मोडिएँ।

करिब १५ मिनेटपछि बादलु अनुहार बोकेर चिसो भएको चिया पिउन आइपुगेँ। विप्लव चुरोट उडाउँदै थियो। म उसँग केही नबोली काउन्टरतर्फ अघि बढेँ र गोजीमा हात हालेँ।गोजीबाट हात निकाल्न नपाउँदै विप्लवले रिसाउँदै भन्यो, ‘बस् न बे, अरू एक कप चिया पिएर छुट्टिम्ला।’

ऊ चिया र चुरोटको निकै पारखी थियो। मैले मायालाई गरे जत्तिकै प्रेम ऊ चिया र चुरोटलाई गर्छ। मैले उसको कुरा नकार्न सकिनँ। गोजीबाट खाली हात निकालेर फेरि टेबलमा थचक्क बस्न आइपुगेँ।
चुरोटको धुवाँ हावामा उडाउँदै उसले भन्यो, ‘कसको पछि लागेर गएको?’

‘कसैको होइन्, सानो काम थियो’, मैले उसलाई ढाँटेँ।

चिया टेबलमा आइपुग्यो। मैले तातो गिलासलाई देब्रे हातले घुमाउन थालेँ।

विप्लवले मलाई रिसाहा नजरले हेर्दै भन्यो, ‘बुढो भइसकिस्, अझै सुध्रिनस तँ। भन् को केटीको पछि लागेर गएको थिइस्?’

उसले फेरि अर्को चुरोट सल्कायो। म फर्किएपछि उसले तीन वटा चुरोट सल्काई सक्यो। मैले चुपचाप चियाको सुर्को लिइरहेँ। उसले आधा भएको चुरोट मलाई देखाउँदै एउटा सायरी सुनायोः

बेवफा यार से अच्छी हे ए सिग्रेट!

जल्थी हे, जलाती हे! पर होठो पर तो आति हे!!

मैले वा भन्दै ताली बजाएँ, ऊ हाँस्यो।

चिया पिइसकेपछि हामी छुट्टियौँ। ऊ आफ्नो काममा गयो, म घरतिर हानिएँ।

अर्कोदिन साँझ बानेश्वर चोकमा तरकारी किन्दै गर्दा ऊ झुल्किई। मलाई के गरुँ, कसो गरुँ भयो। तरकारी किन्ने बहानामा म पनि मानिसहरुको भिडमा मिसिएँ। भिड छिचोल्दै ऊ नजिकै बसेँ। तरकारी छान्ने बहानामा उसको हातलाई आफ्ना हातले स्पर्श गर्न खोजेँ।

उसले तरकारी छानिरही, तौली रही। तर, मैले उसलाई स्पर्श गर्न सकिनँ। ऊ मूल्य बुझाएर हिँडिहाली। मैले उसको अगाडि आफ्नो मुख खोल्नसमेत सकिन।
‘थुइक्क फेरि हराई’ आफूले आफैसँग भनेँ।

उसले मलाई एक पटक कर्के नजरलेसमेत हेरिन। सायद उसलाई मैले प्रेम गर्ने कुराको कुनै हेक्का छैन। म भन्न सक्दिन, ऊ आफैँ बुझ्दिन। भनौँ पनि कसरी, जसलाई म चिन्दासमेत चिन्दिनँ। एसले बुझोस् पनि कसरी, जसलाई ऊ चिन्दिनसमेत।

त्यसपछि लामो समय भएको थियो मैले उसलाई नदेखेको। यो काठमाडौंमा कहाँ खोज्नु मैले उसलाई। न नाम, न ठेगाना। त्यै पनि आशा भनेर मरेको थिएन।
एकदिन शनिबार बिहानै।

विप्लव र म चिया पसलमा बसेर गफ हानिरहेका थियौँ। एक्कासी ऊ देखापरी। विप्लव र उसका आँखा जुधे। दुवै मुस्कुराए पनि। लाजले मेरो शिर निहुरियो।

‘कता हिँड्यौँ नानी?’ विप्लवले चुरोट लुकाउँदै सोध्यो।

‘दूध लिन जाँदैछु दादा।’ उसले नमस्कार गरेर जोडेको हात नझारेरै उत्तर दिई।

चुरोट फुत्रुक्क भुईँमा झारेर विप्लव उसको अझ नजिक गयो। मैले खुट्टाले उसको चुरोट निभाइदिएँ। उनीहरु गफिन थाले।

विप्लव उसँग किन यसरी डरायो? कतै आफन्त त होइन? मनमा धेरै कुरा खेले। उनीहरू बिदा भए।

‘चिनेको छस् यसलाई?’ मैले नजानिँदो पारामा सोधेँ।

‘मेरो गलफ्रेन्डको साथीको बैनी हो। हाम्रो कलेजमा पढ्छे’, विप्लवले सामान्य उत्तर दियो।

‘नाम के हो?’ मैले फेरि सोधेँ।

‘किन बे? पट्याम्ला भन्या होलास्। ऊ त्यस्तो केटी हैन’, उसले रिस देखायो।

‘हाम्रो गाउँको जस्तै लागेर सोध्या बे’, मैले आफ्नो बचाऊँ गरे।

‘माया भण्डारी’ विप्लवले फेसबुक खोलेर देखाउन थाल्यो।

म खुसीले गदगद भएँ। उसको मोबाइलमा नेटले काम गरेन। मैले हत्तपत्त आफ्नै फेसबुक खोलेर मोबाइल उसको हातमा थमाइदिएँ।

ऊ भेटिई। मैले धेरै वास्ता गरिन। ए–ए होइन रहेछमात्र भनिरहेँ।

एकछिनपछि हामी छुट्टियौँ।

घर पुग्दासाथ उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ। फेसबुक अकाउन्ट पूर्णरुपमा चेक गरेँ।

तर, ३ दिनसम्म उसले मेरो साथी बन्ने अनुरोध स्वीकार गरिन। न ऊ नै यसबीच कतै झुल्किई। विप्लवलाई उसको ठेगाना सोध्ने मन त थियो तर, सकिनँ। पहिल्यै उसले कडा प्रश्न तेर्साइसकेको थियो।

दिनहरु यसरी नै बित्दै गए। एक हप्तापछि उसले अनुरोध स्वीकार गरी। हामी फेसबुकमा साथी भयौँ। तर, उसलाई कहिल्यै अनलाइन देखिन। ‘हेल्लो’ भनेर लेखेर भने छाडिदिएको थिएँ।

अर्को दिन बिहानै उसलाई म बसेको घर नजिकैको किराना पसलमा भेटेँ। ऊ पाउरोटी किनेर हिँडी।

मैले यस पटकको मौका गुमाउन चाहिनँ। ऊ निस्किएको पसलमा गएँ। धन्न भाइ रहेछ। ‘माया यतै बस्छ हो?’ उसलाई सोधेँ।

उसले औँलाले ईसारा गर्दै भन्यो, ‘त्यहीँ ४–५ घर अगाडि त हो उसको घर।’ त्यसपछि म फुरुङ हुँदै घर आएँ।

त्यसदिन राति ऊ अनलाइन थिई। मेरो मेसेजको रिप्लाई पनि आएको रहेछ, ‘नमस्ते दाइ।’

उसको रिप्लाइले म निःशब्द भएँ। उसँग अरु कुरा गर्ने मुड नै चलेन।

म कसरी दाइ भएँ? यही प्रश्नले पटक–पटक सताइरह्यो। ‘म तिम्रो दाइ होइन’ भनेर कसरी भनौँ?

अर्को दिन फेरि ऊ हरियो बत्ती बालेर फेसबुकमा झुल्किई। मैले नै पहिले हाई पठाइदिएँ।

उसले फेरि पनि ‘नमस्कार दाइ’ पठाई।

‘दाइ रे! दाइ त नभन भो’ मैले ठूलो हिम्मत जुटाएँ।

उसले हाँसेको इमोसँगै लेखी, ‘अनि के भन्ने त?’

‘तिमी किन यति राम्री के?’ मैले कुरा अन्तै मोडेँ।

‘तपाईं जति त होइन होला’, उसले भनी।

जवानीमै चाउरिएको अनुहार, नमिलेको दाह्री। कसरी पत्याऊँ, म राम्रो छु भनेर।

अनेकौँ प्रयास गर्दासमेत उसले मलाई दाइबाट साथीमा झारिन। ऊ मसँग मज्जैले गफिन्छे, फुर्कन्छे, जिस्कन्छे पनि। बोटोमा भेट्दा बोल्छे तर भनिदिन्छे, ‘दाइ।’

विडम्बना मैले न उसको दाइ शब्दलाई घृणा गर्न सकेँ न त उसलाई प्रेम गर्न नै छाडेँ।

 

 

साउन ११, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors