सर्लाहीको सुखेपोखरी क्याम्पसमा खसेको भन्दा बढी मत भेटिएको छ।
आइतबार भएको स्ववियु निर्वाचनको मतदानका क्रममा ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएको हो।
बढी मतपत्र भेटिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। एक मत भेटिएकाले मतपरिणाम घोषणा गर्न नसकिने भन्दै निर्वाचन अधिकृतले सर्वदलीय बैठक बोलाएका हुन्।
सोमबार बिहान ९ बजे सर्वपक्षीय बैठक बसेर पुनः मतगणना गर्ने तयारी गरिएको छ।
मतगणना सकिँदा सत्तारुढ गठबन्धन निकट संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रेमराज दाहाल र एमाले निकट अनेरास्ववियुका सन्दीप थापाले बराबर मत प्राप्त गरेका थिए। सभापतिका दुवै उम्मेदवार ३५०-३५० मत प्राप्त गरेका छन्।
चैत ६, २०७९, साेमबार
प्रतिक्रिया