ad ad

मधेस


एउटा मन्त्रालय लिएर माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुन तयार

एउटा मन्त्रालय लिएर माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुन तयार

नेपालखबर
माघ २३, २०७९ सोमबार १५:२०, जनकपुरधाम

माओवादी केन्द्र अन्ततः एक मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ।

२ मन्त्रालय लिने अडानमा रहेको माओवादी केन्द्रलाई एक मन्त्रालय मात्रै दिने मुख्यमन्त्रीको अडानका कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले पहल गरेपछि एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएको हो।

मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमति भएको हो। 

माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीलाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ। माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलका नेता भरत साह समेत मन्त्री बन्ने लबिङ गर्दै आइरहेका थिए।

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं माओवादी केन्द्रको संस्थापक नेताममध्येका एक रामवृक्ष यादवको छोरी सुनिता यादवलाई जसरी पनि मन्त्री बनाउने अडान लिएपछि साहलाई पछि हट्नु परेको हो। 

दुवैको शपथ मंगलबार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .