ad ad

मधेस


मधेश प्रदेश : बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

मधेश प्रदेश : बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

नेपालखबर
माघ १०, २०७९ मंगलबार १९:५९, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूको जिम्मेबारी बाँडफाँट गरेका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट बिनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरिएको हो। मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरुले जिम्मेवारी पाएका हुन्। 

एमालेबाट सरकारमा सहभागी संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

यता, मुख्यमन्त्री यादवले एक दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी समेत गरेका छन्।  

एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।

मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .