ad ad

मधेस


जब प्रहरी नै मदिराको नशामा गालीगलौजमा उत्रिए (भिडिओसहित)

जब प्रहरी नै मदिराको नशामा गालीगलौजमा उत्रिए (भिडिओसहित)

सांकेतिक तस्बिर।


जयन्त ठाकुर
पुस १८, २०७९ सोमबार १४:३, जनकपुरधाम

जनकपुरधाममा एक जना प्रहरी हवल्दारले मदिराको नशामा गालीगलौज र तोडफोडमा उतरिएको भिडियो सार्वजनिक भएको छ।

जनकपुरधामको भ्रमरपुरा चोकस्थित एक ग्यारेजमा हवल्दार विपिनकुमार साहले मदिराको नशामा गालीगलौजका साथै तोडफोडमा उत्रिएको भिडियोमा स्पष्ट बुझ्न सकिन्छ।

प्रहरी हवल्दार साहको दरबन्दी जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको छ भने उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा काजमा खटाइएको छ।

ग्यारेजमा मदिरा खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पडले हिर्काएको सो भिडिओमा समेत देख्न सकिन्छ। 

हवल्दार साहले पनि आवेशमा आएर आफ्नो मुखबाट गाली निस्किएको स्वीकार गरेका छन्। भिडियोमा २ लाख ७ हजार रुपैयाँको कुनै विवाद समेत रहेको सुन्न सकिन्छ।

यद्यपि हवल्दार साहले त्यस्तो कुनै विषय नरहेको दावी गरे। उनले सो ग्यारेजमा गत वर्ष वेल्डिङ गर्ने क्रममा एक गाडी जलेको र सोको क्षतिपूर्तीको विवाद मात्रै रहेको बताए।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले आफूलाई यस विषयमा जानकारी रहेको र छिट्टै यस विषयमा सत्य तथ्य बुझेर कारबाही प्रकृया अगाडी बढाउने बताए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .