ad ad

मधेस


मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष भट्टराई मृत भेटिए

मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष भट्टराई मृत भेटिए

अध्यक्ष भट्टराई मृत भेटिएको रिसोर्टको कोठा। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर


नेपालखबर
मंसिर १७, २०७९ शनिबार ११:२०, काठमाडौँ

मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्। 

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै समयमा निधन भएको छ।

‘राति होलिडे रिसोर्ट’मा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान खोजी हुँदा मृत्यु भएको अवस्थामा भेटिएका हुन्।

बिहान साधारणसभा सुरु हुनै लाग्दा उनको खोजी भएको थियो। हातमा औषधि समेत रहेको र औषधिहरू समेत कोठामा छरिएको अवस्थामा उनी फेला परेका हुन्।

कोठामा वान्ता भएको समेत पाइएको छ। भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय उपभापति समेत हुन्।

अहिले प्रहरीले घटनास्थानको प्रकृति मुचुल्का तयार गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .