सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय (बरहथवा) बाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (सर्लाही) ले जनाएको छ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्ने ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय (सर्लाही) का प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
मोटरसाइकलसहित उनीहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ। रासस
117
Shares
प्रतिक्रिया