प्रहरी समायोजन माग गर्दै संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले थालेको आन्दोलन स्थगन गरिएको छ।
अब चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको आश्वासनपछि आन्दोलन स्थगन गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।
प्रहरी समायोजनको अधिकार नदिएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री राउतसहित मन्त्रीहरू धर्नामा बसेका थिए।
प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
843
Shares
प्रतिक्रिया