NepalKhabar NepalKhabar

मधेस


मधेश सरकार : भ्रष्टाचार मुद्दा लागे पनि पदमै!

मधेश सरकार : भ्रष्टाचार मुद्दा लागे पनि पदमै!

नेपालखबर
साउन २५ , जनकपुरधाम

भ्रष्टाचार मुद्दा लागेका मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका एक कर्मचारी जिम्मेवारीमै रहेको पाइएको छ। 

साइकल खरिदमा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका आठौं तहका अधिकृत सुरेन्द्रलाल कर्ण अझैसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीमा रहेका हुन्।  उनीविरुद्ध अख्तियारले एकसाताअघि मुद्दा दायर गरेको हो। 

मधेश सरकारको मुख्यमन्त्री कार्यालयको वेबसाइटमा अधिकृत कर्ण अझैसम्म गुनासो सुन्ने अधिकारी छन्।

कार्यालयले वेबसाइट अपडेट गरेको छैन। भ्रष्टाचारको अभियोग लागेर विशेष अदालतमा मुद्दा दायर भइसकेपछि सार्वजनिक पद धारण गरेका व्यक्ति स्वतः निलम्बन हुने प्रावधान छ। 

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत भएको १७ हजार बेनामे साइकल खरिद प्रकरणमा मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीपकुमार, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण, चिफ डिभिजनल इन्जिनियर भगवान् झा, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास, ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवाल, प्रधानविरुद्ध मुद्दा दायर गरेको हो। 

साउन २५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.