नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले आउँदो निर्वाचनमा पाँचदलीय गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छन्।
आइतबार रौतहट क्षेत्र नं. १ का क्षेत्रीय कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै सभापति यादवले यस्तो बताएका हुन्।
सभापति यादवले पाँचदलीय गठबन्धनसँग तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन गर्ने निर्णयलाई कांग्रेसका सबै कार्यकर्ताले मान्नु पर्ने बताए।
कार्यक्रममा कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव, क्षेत्रीय कार्य समिति सभापति श्रीराम यादवसहित स्थानीय जनप्रतिनिधिहरु सहभागी रहेका कांग्रेस मधेश प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए।
साउन २२, २०७९, आइतबार
39
Shares
प्रतिक्रिया