महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ गरिएकामा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन्।
प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी (नैन्ही) र सशस्त्र प्रहरी बल नेपाल बीओपी (जलेश्वर) को टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ५ हजार ८०० भारु बरामद गरेको छ। अनुसन्धानका लागि तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस
असार १७, २०७९, शुक्रबार
प्रतिक्रिया