लुम्बिनी


रवि, बालेन र कुलमानले देशलाई पार लगाउन सक्दैनन् : प्रभु साह

रवि, बालेन र कुलमानले देशलाई पार लगाउन सक्दैनन् : प्रभु साह

नेपालखबर
पुस २२, २०८२ मंगलबार १८:३९, बर्दिया

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश गम्भीर संकटमा फसेको भन्दै देशभक्त र परिवर्तन चाहने शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। 

बर्दियाको बाँसगढीमा आयोजित आजपाको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि पनि देशमा कुनै सकारात्मक परिवर्तन नआएको आरोप लगाए।

साहले जेनजी आन्दोलनको अपहरण र दमनका कारण मुलुक अनिश्चयतर्फ धकेलिएको दाबी गर्दै वैदेशिक हस्तक्षेप बढ्दै गएको बताए। समयमै चुनाव गराउनुको विकल्प नभए पनि सरकारले गम्भीर पहल नगरेको उनको आरोप छ।

नयाँ र विकल्पका नाममा अघि आएका नेताहरू पद र शक्तिका लागि मात्र केन्द्रित भएको आरोप लगाउँदै उनले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले देशलाई निकास दिन नसक्ने टिप्पणी गरे। जेनजी आन्दोलनको नाममा सत्तामा पुगेकाहरूले नैतिकता गुमाइसकेको भन्दै कुलमान घिसिङलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरे।

संविधानकै कमजोरीका कारण देश अस्थिर बनेको दाबी गर्दै साहले संविधान खारेज गर्नुपर्ने धारणा पनि दोहोर्‍याए। साथै, बर्दियाको विकासका लागि थारु समुदायको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad