लुम्बिनी


कपिलवस्तुको माघी महोत्सवमा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

कपिलवस्तुको माघी महोत्सवमा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

नेपालखबर
माघ २, २०७९ सोमबार १७:२४, बुटवल

कपिलवस्तु बाडगंगाको माघी महोत्सवमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ।

बाडगंगा ९ कपिलधाममा सञ्चालित महोत्सवमा बेलुनमा भर्ने ग्यास सिलिण्डर विष्फोट भएको हो।

विष्फोटमा परि बेलुन व्यापारी बाडगंगा नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय नासिर मोहम्बदको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। 

घट्नाको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad