ad ad

लुम्बिनी


लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

फाइल तस्बिर


सुदीप भण्डारी
असार १५, २०७९ बुधबार १२:५०, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले बुधबार राजीनामा दिएकी छन्। 

उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा बुझाएकी हुन्। राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले नेपालखबरलाई जानकारी दिए। 

गत जेठमा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि छानबिन गर्न सरकारले समिति बनाएको थियो। 

यहीबीच वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएकी हुन्। 

गाडी दुर्घटनामा पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। 

तर ऋषि कट्टेलले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै दिएको मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको नेकपा भंग गरेपछि गत वैशाख १९ गते विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि पार्टीले  उनलाई प्रदेश सरकारको राज्यमन्त्री बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .