ad ad

लुम्बिनी


बुटवल - पाल्पा सडक अवरुद्ध

बुटवल - पाल्पा सडक अवरुद्ध

सुदीप भण्डारी
असार १४, २०७९ मंगलबार ८:२९, काठमाडौँ

वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल - पाल्पा सडकमा यातायात अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूला छहरा खसेको छ। पानीको छहरा खस्दा सवारी साधन ओहोरदोहोर हुन नसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बिहान ६ बजेदेखि सवारी साधन सुचारु हुन नसकेको हो।

वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भएपनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेको छन्।

सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका सइ विष्णुबहादुर कुँवरले बताए।

अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन्।

रुपन्देही सहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ।

वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .