ad ad

साहित्य


सफलताका सूत्र कृति लोकार्पण

सफलताका सूत्र कृति लोकार्पण

नेपालखबर
असार १०, २०७९ शुक्रबार १५:४३, काठमाडौँ

साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्तरुपमा लिखित निवन्ध संग्रह सफलताका सूत्र यसैसाता लोकार्पण भएर बजारमा आएको छ।
दायित्व वाङमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनको भव्य समारोहबीच लोकार्पण भएको हो।

प्रमुख अतिथि नेपाली भाषा साहित्यका विज्ञ प्राडा बासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान  प्राध्यापक गोपीकृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्वसचिव शंकरप्रसाद पाण्डे र दायित्व  वाङमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्तले संयुक्तरूपमा लोकार्पण गरेका थिए।
यसभन्दा अगाडि पनि दम्पतिद्वयको संयुक्त प्रयासमा प्रकाशित ‘आफ्नो किताब, ऊर्जा, रहस्य; जीवन र प्रेम’ कृति प्रकाशित भएको थियो ।
सन्तुलित जीवन बिताउनु नै सफल हुनु हो र सहज जीवनका यो कुराको निश्चित गर्नुपर्दछ भन्ने सूत्रहरू पुस्तकमा प्रस्तुत गरिएको लेखकद्वयको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .