ad ad

कोशी


‘महंगी नियन्त्रण, बैंकको ब्याजदर घटाइएको छ, कर्जा लगानी बढ्न थाल्यो’

‘महंगी नियन्त्रण, बैंकको ब्याजदर घटाइएको छ, कर्जा लगानी बढ्न थाल्यो’

नेपालखबर
पुस ६, २०८० शुक्रबार १८:३४, विराटनगर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन्।

‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ,’ मोरङ व्यापार संघद्वारा शुक्रबार विराटनगरमा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो।’

प्रधानमन्त्री प्रचण्डले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको दाबी गरे।

महंगी नियन्त्रणका दृष्टिले देश २ वर्षयताकै प्रगति राम्रो रहेको उनको भनाइ छ।

यसअघि वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमी आई ५.३८ प्रतिशतमा झरेको छ।

प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकमको भुक्तानी प्रक्रिया अगाडि बढेको जानकारी दिए।

‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउनेछ भने अर्कोतर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले तीव्रता लिनेछ। अर्थतन्त्र सुधारका दृष्टिले यो आफैँमा महत्त्वपूर्ण पहल हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .