कोशी


देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिस्पर्धा हो : कार्की

देश जलाउनेका विरुद्ध देश बनाउनेको प्रतिस्पर्धा हो : कार्की

नेपालखबर
पुस ३०, २०८२ बुधबार १३:१२, विराटनगर

नेकपा (एमाले) का सचिव एवं कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी फाल्गुण २१ गतेका लागि तय गरिएको निर्वाचनका सन्दर्भमा पार्टी युद्धस्तरमा केन्द्रित हुने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले एमालेविरुद्ध भइरहेका विभिन्न ‘मिडिया ट्रायल’ र भ्रमलाई चिर्दै पार्टी निर्वाचनमा होमिने स्पष्ट पारे।

​एमालेले निर्वाचनका लागि उच्च नेतृत्वको कमान्डमा टिम गठन गरी घोषणापत्र तयारीको काम अघि बढाइसकेको उनले जानकारी दिए। ‘अबको केही दिनमा, ढिलोमा पनि माघ ५ गतेभित्र सबै उम्मेदवारको निर्णय गरी सम्बन्धित क्षेत्रमा पठाइसकिनेछ,’ उनले भने। एमालेले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिएर सशक्त रूपमा अघि बढ्ने उनको दाबी छ।

​प्रतिनिधि सभा विघटनको मुद्दामा  कार्कीले भने, ‘प्रतिनिधि सभा विघटन संवैधानिक र कानुनी छैन, यसको पुनःस्थापना हुनुपर्छ भन्ने हाम्रो मत छ। सर्वोच्च अदालतले यस विषयमा छिटो निर्णय गरोस् भन्ने हाम्रो मान्यता छ।’

‘मिडिया ट्रायल’को खण्डन 
​पछिल्लो समय एमाले र यसका नेताहरूविरुद्ध नियोजित रूपमा ‘मिडिया ट्रायल’ भइरहेको आरोप लगाएका छन्। कार्कीले त्यसको पूर्वानुमान पार्टीलाई रहेकोले विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र (झापा-५) लाई लिएर गरिएका चर्चा र स्टन्टहरू आवश्यक नरहेको उनको तर्क छ।

​कार्की भन्छन्, ‘हाम्रा उम्मेदवारहरू हिजो जनप्रतिनिधि हुँदा काम गर्न नसकेर मुख देखाउन गाह्रो हुने अवस्थामा छैनन्। आफ्नो क्षेत्रमा हार्ने भएर अरू क्षेत्र खोज्नुपर्ने वा अध्यक्ष ओलीको क्षेत्रमा गएर 'तीर्थाटन' गराउनुपर्ने अवस्था एमालेलाई छैन।’

‘देश बनाउनेः भर्सेस ‘देश जलाउने’ को लडाइँ
​यो निर्वाचनलाई एमालेले एक निर्णायक अभियानको रूपमा लिएको छ। कार्कीले आगामी निर्वाचनलाई ‘देश जलाउनेका विरुद्ध देश बनाउने’ अभियानको रूपमा लिएका छन्। 

‘डिपस्टेट’ र अँध्यारो कोठामा बसेर राष्ट्रिय झण्डा ओढी मुलुकविरुद्ध षड्यन्त्र गर्नेहरूका विरुद्ध एमालेको लडाइँ केन्द्रित हुने उनको जिकिर छ। ‘हामी जित्नेछौँ,’ आत्मविश्वासका साथ उनले लेखेका छन् , ‘यो अभियान निर्णायक र सशक्त हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad