कोशी


विराटनगरमा भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगरमा भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार २१:५, विराटनगर

विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

विराटनगरको बरगाछीमा साँझ भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने ४५ वर्षीया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ। 

सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् विमलको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad