गौर हत्याकाण्डको छानबिन अघि बढाउने सर्वोच्च अदालतको परमादेशपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ।
जिल्ला अध्यक्ष राजकुमार यादवको नेतृत्वमा सोमबार साँझ विराटनगरको रोडचोकमा करिब आधा घण्टा चक्का जाम गर्दै नाराबाजी गरेको हो।
सर्वोच्च अदालतको परमादेशपछि सरकारले छानबिन प्रक्रियालाई अघि बढाउने तयारी गर्न नपाउँदै जसपाले राजनीतिक स्वार्थसिद्धिका लागि गरिएको कदम भन्दै विरोध जनाएको छ।
जसपा मोरङका अध्यक्ष यादवले सरकारको कदमलाई ‘षड्यन्त्रकारी’ भन्दै आपत्ति जनाए।
उनले भने, ‘गौर हत्याकाण्ड मात्र होइन, माओवादी जनयुद्धमा मारिएका १७ हजार मानिसको, एमाले नेतृत्वमा भएका घटनाहरूको, कांग्रेसकालका अपराधहरूको पनि छानबिन हुनु पर्छ। तर सरकारले उपेन्द्र यादवलाई दबाउन मात्रै यो कदम चालेको हो।’
उनले गौर घटना ‘राजनीतिक बार्गेनिङ’को एजेन्डा बनेको भन्दै यसको पछाडि सत्ता साझेदार दुई ठूला दलहरूको मिलेमतो रहेको आरोप लगाए।
जसपाका नेता उपेन्द्र यादव संघर्षबाट उभिएका नेता भएको भन्दै साना मसिना आरोप प्रत्यारोप वा डर देखाएर दबाउन प्रयास नगर्न उनले चेतावनी दिए ।
Shares

प्रतिक्रिया