प्रधानमन्त्री केपी शर्मा ओलीले कोसी प्रदेश लगानीको लागि असाध्यै अनुकूल वातावरण भएको बताएका छन्। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि कुनै समस्या नभएको उल्लेख गरे।
उनले लगानीको वातावरणको लागि महत्त्वपूर्ण कुरा भनेको लगानीकर्ता र श्रमिकहरूको बिचमा कुनै पनि खटपट नुहुनु मुख्य रूपमा लिएका छन्। श्रमिकका प्रतिनिधि, रोजगार दाताको बिचमा समस्या आउँदा पनि सहज समाधान हुने भएकोले आईएलओको सिद्धान्त अनुसार आईएलओ सन्धि कार्यान्वयन गरिएकोले आईएलओले नेपालको सफल प्रशंसा गरेको उल्लेख गरे।
‘उद्यमी, श्रमिक सबैको समस्याहरू संगठनमार्फत नै सम्बोधन गर्ने गरिएको छ’, उनले भने, ‘आईएलओको सिद्धान्त अनुसार नै कामहरू भइरहेकोले लगानीको वातावरण नेपालमा छ।’
ढुक्कले लगानी गर्न सकिने भएकोले पूर्वाधारको हिसाबले यहाँको सडक सञ्जालसँग कुनै समस्या नभएको ओलीले बताए। सडक सञ्जालमा हुलाकी राजमार्गको कनकाई र कमलामा पुल बनाउने बित्तिकै चितवनसम्म सहज पुग्न सकिने, माथि एसियन मापदण्डको राजमार्ग बन्दै गरेकोले लगानी सुरु गरेदेखि बजारीकरण गर्दासम्म राजमार्ग तयार भइसक्ने बताए। मदन भण्डारी राजमार्ग, कोशी, तमोर, किमाथांका, टिप ताला नाका लगायत सबै क्षेत्र खुलिसकेकोले कोसी करिडोरहरु बनिरहेकोले जहाँ पनि सामान ढुवानी गर्न सहज हुने भएकोले विश्वस्त भएर लगानी गर्न आग्रह गरे। 
कर्णाली र विराटनगर विमानस्थलको लम्बाई बिस्तार गरिने बताए। अरूले समुन्द्रमाथि पुल बनाएर हवाईजहाजको पार्किङ वे मा बनाएको अवस्थामा विराटनगर विमानस्थल विस्तारको लागि पुल लामो बनाउने, बुढी खोलाको चौडाइ बढाएर पनि विमानस्थलको लम्बाई बढाउन काम थाल्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले जहाजको माध्यमाबाट सामानको ढुवानी गर्ने तर्फ काम सुरु भएको बताए। उनले छोटो, सस्तो र छिटो बाटोबाट कोतकलाबाट हनुमान नगरमा पोर्ट राखेर गंगा हुँदै सामान ढुवानी गर्ने गरी सर्वे भईरहको बताए। उनले यो महत्त्वपूर्ण लगानीको अनुकूल वातावरण रहेको जानकारी गराए।
प्राकृतिक क्षेत्र चोयु, सगरमाथा, ल्होत्से, मकालु, कन्चनजंगा तथा कुम्भकर्ण हिमाल लगायतका लगायतमा पनि लगानीको सम्भावना भएको ओलीले उल्लेख गरे। प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्ट नक्कली नाम भएको बताए। उनले सगरमाथा भनेको सगरमाथा नै भएकोले सगरमाथाको नाम माउन्ट एभरेस्टको नाम सगरमाथा भएको दाबी गरे। ओलीले भने, ‘अन्य हिसाबले जे–जे भने पनि पर्यटनको आकर्षणको केन्द्र सगरमाथाको नामलाई सगरमाथा नै कायम राख्नुपर्छ ।’
सरकारको तर्फबाट दोहोरो कर लाग्न नदिने दाबी गरे। उनले लगानी गरेपछि लाग्ने कर तिरेपछि मुनाफा जुन देशबाट लगानी गर्न आएका लगानी कर्ता हुन् उसले लिएर जान पाउने भएकोले त्यसमा सरकारले कुनै अप्ठ्यारो नबनाउने बताए। उद्यमशीलताको विकासकालागि सरकारले साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
लगानी सम्मेलनमा सहभागी हुन कर्णाली प्रदेश र मधेस प्रदेशका मुख्यमन्त्री सहित पालिकाका प्रमुखहरू सहित देश र विदेशी लगानी कर्ताहरूको सहभागी छन्।
Shares

प्रतिक्रिया