ad ad

कोशी


विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने- सबै दल एक भएर अघि बढौँ

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने- सबै दल एक भएर अघि बढौँ

नेपालखबर
कात्तिक १, २०८० बुधबार १३:३२, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन्। 

बुधबार कोशी प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने–‘एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद। प्रदेश प्रमुखप्रति आभार।’

उनले राजनीतिक परिस्थितिले प्रदेशको समग्र विकास गर्नुपर्ने बताए।

‘प्रदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न सबै मिलेर,संघीयताको प्रत्याभूति गर्नुपर्नेछ। जातीय, क्षेत्रीय सन्तुलन बनाउनुपर्नेछ, प्रहरी ऐन कार्यान्वयन गर्नुपर्छ,’ उनले भने। 

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थन थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .