ad ad

कर्णाली


डोल्पा, हुम्ला र मुगुका मतपेटिका संकलन हुँदै, मतगणनाको टुंगाे छैन

कहीँ सर्वदलीय बैठक जारी, कहीँ बस्दै
डोल्पा, हुम्ला र मुगुका मतपेटिका संकलन हुँदै, मतगणनाको टुंगाे छैन

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सुर्खेत सभा हलमा तारजाली हालेर बनाइएको मतगणाना स्थल। तस्बिर: नेपालखबर


दिनेश बुढा
मंसिर ५, २०७९ सोमबार ९:५२, सुर्खेत

कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगुमा मतपेटिका संकलनको कार्य जारी छ। आइतबार मतदान सम्पन्न भएपनि भौगोलिक विकटताका कारण मतपेटिका संकलन हुन् सकिरहेको छैन्। सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकलन गर्नुपर्ने भएकाले अझै पनि मतपेटिका सम्बन्धीत क्षेत्रमा ल्याउन नसकिएको हो।

हुम्लाका प्रमुख निर्वाचन अधिकारी श्याम रानाका अनुसार अहिलेसम्म हेलिकोप्टर नै जिल्लामा नपुगेको जानकारी दिए। 

उनका अनुसार जिल्लाका नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्खेली, ताँजाकोट अदानचुलीमा मदतान केन्द्रहरुका मतपेटिका आएका छैनन्।

‘हेलिकोप्टरबाट ल्याउनुपर्ने भएकाले अहिलेसम्म हेलिकोप्टर हुम्ला पुगेको छैन,’ उनले भने,‘सुर्खेतबाट अहिले आउने भन्ने कुरा छ आएको खण्डमा आज सबै ठाउँको मतपेटिका ल्याउने काम हुन्छ र सम्भवत भोलीसम्म मतगणना हुन्छ होला।’ 

यस्तै,  डोल्पा र मुगुमा पनि सोही समस्या हो। हेलिकप्टोरबाट छार्काताङ्सोङ शे–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका ल्याउनुपर्ने भएपनि अहिलेसम्म त्यहाँ हेलिकोप्टर पुग्न सकिरहेको छैन्। 

उनले पनि मंगलबारदेखिनै मतगणना सुरु हुने आकलन गरे। मुगुमा २ दिनको बाटो हिडेर मतपेटिका ल्याउने कार्य भइरहेको छ।

मुगुका प्रमुख निर्वाचन अधिकारी विष्णु न्यौपानले जिल्लाका ग्रामिण क्षेत्रमा सडक नपुगेको र मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले २ दिन अझै लाग्ने बताए । ‘गाउँबाट दुईतिन दिनको बाटो छ। 

हेलिकोप्टरबाट ल्याउने भनिएपनि अन्तिममा बोकेर पैदय यात्राबाट ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने,‘ खत्याड गाउँपालिका वडा नम्बर १० र ११ सोरु गाउँपालिकाका ९, १० र ११ वडाहरुमा गाडी चल्दैन्।’ 

उनका अनुसार छायानाथ रारा नगरपालिका बाहेकका अन्य कुनै पनि मतदान केन्द्रहरुको मतपेटिका आउन सकिरहेको छैन।

यस्तै, कालीकोटमा मतपेटिका संकलन गर्ने क्रमजारी रहेको निर्वाचन अधिकारी धनबहादुर मल्ले जानकारी दिए। उनले भने, ‘चालझरना, पलता, रास्कोट, शान्नीत्रिवेणी र नहरीनाथको मतपेटिका आउँन बाँकी रहेको छ। अबको एक घण्टा भित्र मान्म आइपुग्छ। त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना हुने छ,’

यस्तै, दैलेख, जुम्ला, सुर्खेत र सल्यानमा सर्वदलीय बैठक जारी रहेको छ। जाजरकोट र रुकुम पश्चिम जिल्लाका केही स्थानबाट मतपेटिका संकलन जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .