जुम्लाबाट सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको मृत्यु भएको छ।
बिहीबार तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो।
उपचारको क्रममा गएराति १ बजे उनको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ।
घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो।
तर, प्रतिष्ठानमा शल्यक्रियापछि सुत्केरी भएकी अस्मिताको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि रेफर गरिएको थियो।
उनले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
Shares

प्रतिक्रिया