कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोटको नतिजा आएको छ।
कालिकोटबाट नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। मुगुबाहेक अन्य निर्वाचन क्षेत्रहरुमा मतगणना जारी छ।
यस्तै, मुगुमा मतपेटिका संकलनमा ढिलाइ हुँदा शनिबार बिहानदेखि मात्रै मतगणना सुरु मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रारम्भिक मतपरिणामअनुसार राप्रपाले १, रास्वपाले १, नेपाली कांग्रेसले २, नेकपा एमालेले २, नेकपाले ३ र प्रलोपाले १ क्षेत्रमा अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले ६ हजार ७३८ मत ल्याएर अग्रता लिएका छन्। उनलाई नेकपाका नरेश भण्डारी २ हजार ९५६ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले अग्रता लिएका छन्। उनले हालसम्म ५ हजार ९८८ मत प्राप्त गरेका छन्। उनलाई कांग्रेसका नारायणकुमार कोइराला ५ हजार १४२ मत सहित पछ्याएका छन्। नेकपा एमालेका कुलमणी देवकोटा ४ हजार ७५ मत ल्याएर तेस्रो स्थानमा छन्।
यस्तै, नेकपाले सल्यान, डोल्पा र रुक्मपश्चिमा अग्रता लिएको छ। प्रारम्भिक नतिजाअनुसार सल्यानमा नेकपाका रमेशकुमार मल्ल ५ हजार ३३३, कांग्रेसका केशबहादुर विष्टले २ हजार १३, रास्वपाका ललितकुमार चन्दले १ हजार ८९७ र एमालेका गुलावजंग शाह १ हजार ४२८ मत प्राप्त गरेका छन्।
नेकपाले अग्रता लिएको डोल्पामा उम्मेदवार धनबहादुर बुढाले ३२०, एमालेका लंकबहादुर रोकायाले २२ र नेपाली कांग्रेसका कर्णबहादुर बुढाले १९ मत प्राप्त गरेका छन्। हुम्लामा नेकपाका उम्मेदवार दीपेन्द्र रोकाया ४०४, एमालेका दल फडेराले २३३, नेपाली कांग्रेसका जयपती रोकायाले १६६ र रास्वपाकी टासी ल्हान्जोम ४ मत प्राप्त गरेकी छन्।
यस्तै, नेपाली कांग्रेसले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र दैलेख–१ अग्रता लिएको छ। दैलेखमा कांग्रेसकी बासना थापाले ९ हजार ७९४ मत ल्याएर लिड गरिरहँदा नेकपा एमालेका रविन्द्रराज शर्माले ९ हजार १२७ मतसहित पछ्याएका छन्। रास्वापका नन्दकिशोर बस्नेतले ६ हजार ८१६ मत प्राप्त गरेका छन्।
यता सुर्खेत–१ मा अग्रता लिएका कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले ८ हजार ७२५ मत ल्याएका छन्। एमालेका ध्रुवकुमार शाहीले ६ हजार २९० र रास्वपाका टेकबहादुर सिंह ठकुरीले ४ हजार ९१३ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा एमालेले जाजरकोट र दैलेख–२ मा अग्रता लिएको छ। निर्वाचन आयोगको प्रारम्भीक मतपरिणाम अनुसार दैलेखका एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलको ३ हजार ५०७, कांग्रेसका दिक्पालकुमार शाहीको २ हजार ६१२ र रास्वापका बखतबहादुर शाहीको १ हजार १२० मत छ।
यता एमालेले अग्रता लिएको जाजरकोटमा उम्मेदवार डम्बरबहादुर सिंहले ६ हजार २५४, कांग्रेसका खडकबहादुर बुढा ६ हजार १६६, नेकपाका शक्तिबहादुर बस्नेतले ४ हजार ६४९ र रास्वपाका राघब कार्कीले ५११ मत प्राप्त गरेका छन्।
यस्तै, रुकुमपश्चिमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले ३ हजार ५२९ मत ल्याएका छन्। उनलाई नेकपाका गोपाल शर्माले २ हजार ८६६ मत पछ्याइरहेका छन्।
कांग्रेसका राजु केसीले २ हजार १६२ र रास्वपाका मानबहादुर शहीले ७०९ मत पाएका छन्।
Shares

प्रतिक्रिया