कर्णाली


खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीले भने- हाम्रो कारणले १० औँ राष्ट्रिय खेलकुद प्रभावित हुँदैन, मिति तोक्नुस्

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीले भने- हाम्रो कारणले १० औँ राष्ट्रिय खेलकुद प्रभावित हुँदैन, मिति तोक्नुस्

दिनेश बुढा
साउन २२, २०८२ बिहिबार १९:८, सुर्खेत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरि तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्। 

दशौँ राष्टिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मु्ख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएकोले अव त्यस्तो गल्ती नदोहोर्‍याउन संघीय सरकारलाई आग्रह गरे। 

उनले भने, ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौँ र त्यही अनुसार तयारी पनि गरिरहेका छौँ। तर, आयोजक तपाइहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला।’

मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिममेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह समेत गरे। उनले प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहिरन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने भन्दै प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाए। उनले भने, ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउनेतर्फ सचेत रहनुहोला।’

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई सुझाव दिए। 

साथै मुख्यमन्त्री कँडेलले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल सुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए। 

राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भएपनि दशौ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पूर्वधार निर्माण गरेको बताउदै मुख्यमन्त्री कँडेलले थप पूर्वाधार बनाउने कुरामा संघीय सरकारले सहजीकरण गर्नुपर्ने बताए। 

यस्तै, युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरि तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे। उनले सुर्खेत आसपास हुने गरि प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको बताउदै जानकारी गराए। 

छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad