कर्णाली


जाजरकोट भूकम्पमा भाग्ने क्रममा ३ जना घाइते

जाजरकोट भूकम्पमा भाग्ने क्रममा ३ जना घाइते

जाजरकोटमा शुक्रबार राति भूकम्प आउँदा भाग्ने क्रममा घाइते भएकाहरू।


दिनेश बुढा
चैत २३, २०८१ शनिबार १२:४९, सुर्खेत

शुक्रबार (चैत २२) राति जाजरकोटमा भूकम्प जाँदा भाग्ने क्रममा ३ जना घाइते भएका छन्।

शुक्रबार राति जाजरकोटमा दुईपटक भूकम्प गएका थिए। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजे ७ मिनेटमा ५.२ म्याग्निच्युड भूकम्प गएको ३ मिनेटमै फेरि ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यस क्रममा भाग्दा भेरी नगरपालिका-२ रिसाङका ४९ वर्षीया कमला कार्की, भेरी नगरपालिका-४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका-१२ का २२ वर्षीय वीरेन्द्र भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार घाइतेहरू जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज भइसकेका छन्।

यस्तै भूकम्पबाट जाजरकोटको कुशे गाउँपालिका, बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकाका केही घर चर्किएका प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad