कर्णाली


कर्णालीमा पहिलो पटक मह प्रदर्शनी मेला

कर्णालीमा पहिलो पटक मह प्रदर्शनी मेला

नेपालखबर
माघ १, २०८१ मंगलबार १८:१०, काठमाडौँ

कर्णाली प्रदेशमा पहिलो पटक मह प्रदर्शनी मेला–२०८१ को योजना गरिएको छ। नेपाल मौरी पालन महासंघ कर्णाली प्रदेशको आयोजनामा प्रथम प्रादेशिक मह प्रदर्शनी मेलाको आयोजना गरिएको हो। तीन दिनसम्म चल्ने मेला माघ १ गते मंगलबार औपचारिक रुपमा उद्‌घाटन गरिएको छ।

कार्यक्रममा कर्णाली सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णालीको महलाई कर्णालीबाट बाहिर प्रदेशहरुमा पठाउन सहयोग गर्नका लागि यस मेलाले सहयोग पुर्‍याउने बताए।

मन्त्री शाहले विविधता भएन भने पृथ्वीमा रहेका प्रणालीको अस्तित्व मेटिन सक्ने चिन्ता जाहेर गरे। उनले भने, ‘जब हामी जैविक विविधतालाई बचाउँदैनौं, हामीले लगाउने बालीहरुको उत्पादन फरक भएर आउँछ। आजभोली वितरण गरिएको बीउ कतै उर्मिएका, कतै नउर्मिएका कुराहरु आउँछन्। हिजो उत्पादन हुने ठाउँमा आजभोली त्यो फलफूल उत्पादन हुँदैन्। ती सबै जलवायु लगायतका कारणले भएका छन्। त्यसैका कारण जैविक विविधता दिवस मनाएर यसको न्यूनीकरणमा सचेतना फैलाउन हाम्रो उदेश्य हो।’

मन्त्री शाहले पछिल्लो समयमा माटोको गुणस्तर बिग्रिँदै गएका कारण माटोको गुणस्तरलाई बचाउनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

साथै मन्त्री शाहले मौरीको मह अत्यन्तै पवित्र मानिने बताए। उनले मह उत्पादन किसानहरुलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजारहरूको सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को अयोजना गरिएको मौरी पालन महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले जानकारी दिए।

उनकाअनुसार मेलामा ३२ वटा स्टलहरु रहेका छन्। ती स्टलहरुमा कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्गानिक खाद्य, पोषण कर्नर, अर्गानिक तरकारी, महको गुणस्तर (शुद्ध भए नभएको छुट्टाउने) मेसिन, मौरीका घारहरू, मह निकाल्ने प्रविधिहरु, खाद्य केराको रेसबाट बनेका म्याट लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad