ad ad

कर्णाली


प्रादेशिक नीति संवाद एंव कर्णाली युवा महोत्सव हुँदै

प्रादेशिक नीति संवाद एंव कर्णाली युवा महोत्सव हुँदै

नेपालखबर
बैशाख २३, २०८० शनिबार १९:४४, काठमाडौँ

कर्णाली प्रदेशमा प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुने भएको छ। बैशाख २४ र २५ गते (आइतबार र सोमबार) युवा महोत्सव हुने भएको हो। बालबालिका, किशोर÷किशोरी तथा युवा क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको संस्था युवालयले महोत्सव गर्न लागेको हो। 

पूर्व बालकल्ब सदस्यहरूद्वारा गठन गरिएको संस्था युवालयले राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको समन्वय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा महोत्सव हुने लागेको आयोजकले जनाएको छ। 

वित्तिय साक्षरता, उद्यमशीलता, सुरक्षीत वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराइ उक्त क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने मुख्य उद्देश्य महोत्सवको रहेको छ।

त्यस्तै, युवाहरूको अर्थपूर्ण सहभागितामा युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैङ्गिकतामा आधारित हिंसा, यौन, प्रजनन स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालन गर्ने ध्येय रहेको युवालयका अध्यक्ष सन्तोष मर्हजनले जानकारी दिए। 

साथै महोत्सवमा कर्णाली क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरण दलित अधिकार अभियानका बारेमा चर्चा गर्नका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरुको  प्रतिनिधित्व रहेनछ। 

यस्तै, महोत्सवमा मन्त्रालय मातहत निकाय, गैरसरकारी तथा निजी संघ संस्था, मिडिया लगायत विभिन्न निकायसँग सर्वपक्षीय बैठक तथा समन्वय, प्रादेशीक नीति संवाद एवम् युवा भेला, युवामैत्री खेल क्रियाकलाप तथा भिमुखीकरण, कर्णाली प्रदेश अन्तर्गत कार्यरत विभिन्न संस्था स्टल प्रदर्शनी वा रोजगार तथा विभिन्न सन्देश मूलक जानकारीहरु एकै स्थानबाट प्रेसित युवा सम्बन्धित विषयहरूमा अभिमुखीकरण, सचेतना र अवसरमूलक कार्यक्रमको आयोजना, छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटि घोषणा पत्र तयारी तथा सार्वजनिकीकरण छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटी तयार गरिएको घोषणा पत्रलाई सम्बन्धित मन्त्रालय तथा प्रदेश योजना आयोगमा हस्तान्तरण गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .