ग्लोबल


विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली

विवाह गरिरहेका बेला दुलहीलाई प्रेमीले हाने गोली

नेपालखबर
फागुन १३, २०८२ बुधबार २२:३, काठमाडौँ

विवाह समारोह। मानिसहरू उत्सवमा झुमिरहेका छन्। दुलहा र दुलही मञ्चमा चढ्छन् र एकअर्कालाई माला लगाउँछन्। त्यसपछि उनीहरूका लागि आरती गरिन्छ। अचानक ढ्याङ आवाज आउँछ। दुलही मञ्चमा ढल्छिन्। केही क्षणपछि स्पष्ट हुन्छ- उनलाई गोली लागेको छ।

फिल्मको दृश्यझैँ लाग्ने यो घटना हो- भारतीय राज्य बिहारको बक्सरमा भएको हो।

यही फेब्रुअरी २४ मा चौसा नगर पञ्चायतमा विवाह समारोह चलिरहेको थियो। विवाहको जन्ती उत्तर प्रदेशको बलियाबाट आएको थियो। सबै कुरा खुसीसाथ चलिरहेको थियो। तर अचानक उत्सव शोकमा परिणत भयो। चिच्याहट र रोदनले वैवाहिक कार्यक्रम अवरुद्ध भयो।

भारतीय सञ्चारमाध्यमका अनुसार गोली चलाउने युवक दुलहीको चिनजान भएको र उनीसँग प्रेममा रहेको खुलासा भएको छ। त्यसैले क्रोधको आवेगमा उनले दुलहीलाई गोली हाने।

माला लगाइसकेपछि जब दुलहा र दुलही स्टेजमा उभिइरहेका थिए, ती युवक स्टेजनजिक पुगे। त्यसपछि उनले पेस्तोल निकालेर बेहुलीको अगाडिबाट गोली हाने। गोली चलेको आवाज सुनेपछि मानिसहरूले सुरुमा कसैले पटाका पड्काएको ठाने। तर, जब दुलही स्टेजमा लडिन्, तब उनीहरूले थाहा पाए- उनलाई गोली हानिएको रहेछ। दुलही १८ वर्षीया आरती कुमारी हुन्। 

परिवार र स्थानीयको सहयोगमा घाइते दुलहीलाई तुरुन्तै सदर अस्पताल लगियो, जहाँ प्राथमिक उपचारपछि डाक्टरहरूले अवस्था गम्भीर देखेर राम्रो उपचारका लागि वाराणसी रेफर गरेका छन्। 

मानिसहरू आत्तिएको मौका पारेर ती युवक घटनास्थलबाट भागे। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। फरार युवकको खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad