ग्लोबल


यौन प्रकरणमा पक्राउ परेका बेलायतका राजाका भाइ रिहा

यौन प्रकरणमा पक्राउ परेका बेलायतका राजाका भाइ रिहा

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार ८:२६, काठमाडौँ

बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई प्रहरीले रिहा गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा उनलाई बिहीबार पक्राउ गरिएको थियो। यद्यपि उनीविरुद्धको अनुसन्धान जारी रहनेछ।

बीबीसीका अनुसार बिहीबार साँझ जारी विज्ञप्तिअनुसार थेम्स भ्याली प्रहरीले एन्ड्रयुलाई ‘अनुसन्धानमै रहने गरी’ रिहा गरिएको हो।

एन्ड्रयुको गिरफ्तारीप्रति प्रतिक्रिया दिँदै राजा चार्ल्स तृतीयले भने, ‘कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ।’

उनले प्रहरीलाई आफ्नातर्फबाट ‘पूर्ण समर्थन र सहयोग’ रहेको पनि उल्लेख गरेका छन्।

यौन अपराध गरेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँग सम्बन्धित दस्तावेजमा एन्ड्रयु पनि जोडिएकाले उनी अनुसन्धानमा तानिएका हुन्।

अमेरिकी सरकारले हालै जारी गरेको कागजातमा एपस्टिन र एन्ड्रयुबिचको कुराकानी पनि छ। 

दोषी ठहरिएमा ६६ वर्षीय एन्ड्रयुलाई आजीवन कारावास हुन सक्छ।

उनले सार्वजनिक पदको दुरुपयोग गरेको आरोप छ।

एपस्टिन मुद्दाकी पीडित भर्जिनिया गिफ्रेले आफू १७ वर्षको छँदा सन् २००१ एन्ड्रयुले यौन शोषण गरेको आरोप लगाएकी छन्।

तस्बिरमा राजकुमार एन्ड्रयुले १७ वर्षीया भर्जिनिया गिफ्रेको कम्मरमा हात राखेका छन्। यो तस्बिर २००१ मार्च १० मा एपस्टिनकी प्रेमिका गाइजलेन म्याक्सवेलको लन्डनस्थित घरमा खिचिएको थियो।

यद्यपि एन्ड्रयुले आरोप अस्वीकार गरिरहेका छन्।

गिफ्रेको भने २०२५ अप्रिलमा मृत्यु भइसकेको छ। जसलाई आत्महत्या भनिएको छ। 

एन्ड्रयुको अर्को विवादित तस्बिर

एपस्टिन यौन प्रकरणले विश्वमै हलचल ल्याएको छ।

यही कारण १० देशमा विभिन्न पदका व्यक्तिले राजीनामा दिनुपरेको छ भने ८० शक्तिशाली व्यक्तिविरुद्ध अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad