ग्लोबल


बसमा 'ब्याड टच' गरेको आरोप लगाउँदै भिडिओ पोस्ट गर्दा पुरुषले त्यागे प्राण, महिला गिरफ्तार

बसमा 'ब्याड टच' गरेको आरोप लगाउँदै भिडिओ पोस्ट गर्दा पुरुषले त्यागे प्राण, महिला गिरफ्तार

प्राण त्यागेका पुरुष


नेपालखबर
माघ ७, २०८२ बुधबार १९:१४, काठमाडौँ

भारतको केरलामा यौन दुर्व्यहारको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दा पुरुषले प्राण त्यागेपछि महिलालाई प्रहरीले पक्राउ गरेको छ।

ती महिलाले कन्नुर जिल्लामा बसमा यात्राका क्रममा दीपक नामका पुरुषले आफूलाई यौनको आशयले छोएको आरोप लगाउँदै सामाजिक सञ्जालमा राखेकी थिइन्।

भिडिओ भाइरल भएपछि ती पुरुषले मृत्यु वरण गरेका थिए। 

त्यसपछि फरार महिलालाई प्रहरीले खोजी गरेर पक्राउ गरेको बीबीसी तमिलले जनाएको छ।

यस घटनाका कारण केरलामा जनआक्रोश देखिएको छ।

राज्य मानव अधिकार आयोग (एसएचआरसी) ले प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएको छ।

महिलाविरुद्ध प्रहरीले 'आत्महत्या दुरुत्साहन'को मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad