ग्लोबल


हिमाचल प्रदेशको सिरमौरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

हिमाचल प्रदेशको सिरमौरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

नेपालखबर
पुस २६, २०८२ शनिबार ५:३६, काठमाडौँ

भारतस्थित हिमाचल प्रदेशको सिरमौर जिल्लामा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार, कुपवीबाट सिमला जाँदै गरेको निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेको हो। 

सिरमौरका एसडीएम सुनील कुमार कैथले भने, ‘दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। बसमा ४५ जना सवार थिए। सबै घाइतेलाई विभिन्न अस्पतालमा पठाइएको छ।’

उनले थपे, ‘दुर्घटना के कारणले भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन। अनुसन्धान जारी छ।’

भारतको प्रधानमन्त्री कार्यालयले सिरमौर बस दुर्घटनामा समवेदना व्यक्त गरेको छ र मृतक तथा घाइतेका परिवारलाई आर्थिक सहयोग दिने घोषणा गरेको छ।

प्रधानमन्त्री कार्यालयले एक्समा लेखेको छ, ‘आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना! प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रत्येक मृतकका परिवारलाई २ लाख राहत प्रदान गरिनेछ। घाइतेहरूलाई ५० हजार दिइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad