इलोन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले राजीनामा घोषणा गरेकी छन्।
जुन २०२३ देखि एक्सको सीईओ भूमिकामा रहेकी उनले एक्समै पोस्ट गरी आफू पदबाट बाहिरिएको जानकारी दिएकी हुन्।
याकारिनोले लेखेकी छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने, कम्पनीलाई रूपान्तरण गर्ने र एक्सका सबै कुरा एपमा परिणत गर्ने जिम्मेवारी सुम्पेकामा उहाँप्रति आभारी छु।’
यस विषयमा मस्कले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
याकारिनो पहिले एनबीसी युनिभर्सलमा विज्ञापन विभाग प्रमुख थिइन्।
आफ्नो राजीनामाको घोषणा गर्दै याकारिनोले लेखेकी छन्, ‘मैले दुई असाधारण वर्षपछि पद त्याग्ने निर्णय गरेकी छु।’
याकारिनोको कार्यकालमा मस्क निरन्तर विवादमा रहे।
हालै मस्कको च्याटबट 'ग्रोक'लाई हिटलरका पक्षमा बोलेको आरोप लगाइएको छ।
यसबारे एक्स एआईले विज्ञप्ति जारी गरी त्यस्ता ‘अनुपयुक्त’ पोस्ट हटाउन काम गरिरहेको बताएको छ।
Shares

प्रतिक्रिया