खाडी सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रहरूले आइतबार इरानले गरेको आक्रमणबाट भएका क्षतिबारे छलफल गरेका छन्।
जीसीसीको बैठकले इरानले मानिस र आवासीय क्षेत्रलाई निसाना बनाएको ठहर गरेको छ।
जीसीसीमा संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरेबिया, ओमान, कतार र कुवेत आबद्ध छन्।
ती सबै देशले आक्रमणको निन्दा गर्दै इरानले मुलुकको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्।
जीसीसीले विज्ञप्ति जारी गर्दै इरानलाई आक्रमण बन्द गर्न आग्रह गरेको छ।
साथै जीसीसीले चेतावनी दिँदै भनेको छ, ‘आफ्नो सुरक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौँ।’
2.1k
Shares

प्रतिक्रिया