ग्लोबल


ककपिटभित्र रहेका चालक बेहोस भएपछि विमान १० मिनेटसम्म आफैँ उडिरह्यो

ककपिटभित्र रहेका चालक बेहोस भएपछि विमान १० मिनेटसम्म आफैँ उडिरह्यो

नेपालखबर
जेठ ४, २०८२ आइतबार १९:३८, काठमाडौँ

जर्मनीको फ्रान्कफर्टबाट स्पेनको सेभिल जाँदै गरेको लुफ्थान्साको विमान १० मिनेटसम्म पाइलटको निगरानीबिनै उडेको खुलासा भएको छ। 

जर्मन समाचार एजेन्सी डीपीएलाई उद्धृत गर्दै द एसोसिएटेड प्रेस (एपी) ले उल्लेख गरेअनुसार कप्तान शौचालय गएका बेला विमान चलाइरहेका को-पाइलट पनि बेहोस भएपछि १० मिनेटसम्म चालकबिनै जहाज उडिरहेको हो। 

घटना फेब्रुअरी १७, २०२४ कै भए पनि एपीले यसको रिपोर्ट शनिबार (मे १७, २०२५) मात्र सार्वजनिक गरेको हो

त्यसबेला एयरबस ए३२१ मा १९९ यात्रु र ६ जना चालक दलका सदस्य थिए।

प्राधिकरण (सीत्तईएईएसी) द्वारा जारी रिपोर्टअनुसार को-पाइलट ककपिटमा एक्लै हुँदा बेहोस भए भने कप्तान शौचालयमै थिए।

उनी फर्केर आएपछि ककपिटमा छिर्न पाँचपटकसम्म कोड नम्बर हाले तर ढोका खुलेन।

भित्रबाट कुनै प्रतिक्रिया नआएपछि चालक दलका एक सदस्यले जहाजमा रहेको फोनमार्फत ककपिटभित्र एक्लै रहेका को-पाइलटलाई सम्पर्क गर्ने प्रयास गरे। तर उनी बेहोस भएकाले फोन उठेन। 

अन्ततः कप्तान ककपिटको ढोका स्वतन्त्र रूपमा खोल्न डिजाइन गरिएको आपत्‌कालीन ओभरराइड कोड प्रयोग गरी भित्र छिरे। 

ककपिटमा फर्किएपछि कप्तानले विमानलाई म्याड्रिडतर्फ मोड्दै सुरक्षित रूपमा आपत्‌कालीन अवतरण गराए। त्यसपछि को-पाइलटलाई तुरुन्तै उपचारका लागि अस्पताल लगियो।

घटनाले ककपिट पहुँच र पाइलटको स्वास्थ्य अनुगमनबारे नयाँ चिन्ता खडा गरेको रिपोर्टमा उल्लेख छ।

दश मिनेटसम्म पाइलटको नियन्त्रण नरहे पनि अटोपाइलट प्रणालीका कारण विमान आफ्नो मार्गमा स्थिर रहेकाले दुर्घटना नभएको बताइएको छ। 

लुफ्थान्साले आन्तरिक रूपमा घटनाको समीक्षा गरे पनि यसको निष्कर्ष सार्वजनिक गरेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad