ad ad

ग्लोबल


दशैँको शुभकामना दिँदै राजदूत सुवेदीले भनेः भ्रमण वर्षका लागि बेलायतबाट एक लाख पर्यटक पठाउँछौँ

दशैँको शुभकामना दिँदै राजदूत सुवेदीले भनेः भ्रमण वर्षका लागि बेलायतबाट एक लाख पर्यटक पठाउँछौँ

प्रजय शुक्ला
असोज १९, २०७६ आइतबार ७:८,

बेलायतको लन्डनस्थित नेपाली दूतावासले दशैँ, तिहार, छठ, म्हपूजालगायत चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

हिन्दू नेपालीका प्रमुख चाडपर्वको अवसरमा शनिबार भएको सो कार्यक्रममा सयौं नेपालीहरु दूतावासमा उपस्थित भई एकअर्कामा शुभकामना आदान प्रदान गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री डा. भेषबहादुर थापाले विश्वले प्रगति गरिरहँदा नेपालमा पनि आर्थिक समृद्धिको दिशमामा अघि बढ्नु पर्ने कुरामा जोड दिए। उनले आज नेपालीले विश्व ढाकेको चर्चा गर्दै नेपाल र नेपालीको प्रगति हुनुपर्ने बताए।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासले चाडपर्वका लागि शुभकामना दिँदै राहदानी र भिषा लगायतका सेवाहरु सहज र सुलभ बनाउँने प्रतिवद्धता व्यक्त गरे। राजदूत सुवेदीले भने, ‘हामी घरघरमै भिसा उपलब्ध गराउँने छौं, दूतावासले बेलायतका सबै शहरहरुमा नेपालीहरुको घरघर मै सेवा पुराउने लक्ष्य लिएको छ।’

उनले दूतावासलाई विदेशमा रहेका नेपालीले आफनै घर सम्झने वातावरण सृजना गर्ने कुरामा पनि जोड दिए। ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउँन दूताबासले प्रयत्न गरिरहेको जानकारी दिंदै उनले भने ‘बेलायतबाट करिब एक लाख पर्यटक नेपाल पठाउँन हामीले योजनाबद्ध रुपमा कार्य गरिरहेका छौं।’


कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .