ad ad

ग्लोबल


भारतकाे संसदमा गुञ्जियो ‘जय गोर्खा’, दुई सा‌ंसदले लिए नेपालीमा सपथ

भारतकाे संसदमा गुञ्जियो ‘जय गोर्खा’, दुई सा‌ंसदले लिए नेपालीमा सपथ

शैलेन्द्र समदर्शी
असार ३, २०७६ मंगलबार १२:४२,

भारतीय संसदभित्र छिरेका तीन नेपालीभाषी सांसदमध्ये दुई जना राजु विष्ट (दार्जीलिङ) र इन्द्रहाङ सुब्बा(सिक्किम) ले नेपाली भाषामा संसद सदस्यको शपथ लिएका छन्।

लोकसभामा निर्वाचित दुबै गोर्खा सांसदले म‌ंगलबार नेपाली भाषामा शपथ ग्रहण गरेका हुन्। दार्जीलिङका सांसद राजु विष्टले नेपाली भाषामा शपथ मात्र लिएनन्, संसदभित्र पहिलोपटक ‘जय गोर्खा’ को नारा पनि घन्काए।

संसदभित्र उनी ढाका टोपी र दौरा–सुरुवाल पहिरिएर छिरेका थिए।

 भिडियो:

२० अगस्त १९९२ सालमा नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता पाएपछि पहिलोपटक दार्जीलिङ लोकसभा समष्टिका तत्कालीन मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) बाट निर्वाचित भएका आरबी राईले नेपाली भाषामा शपथ लिएका थिए।

यद्यपि यसभन्दा अघि नै उनले राज्यसभामा नेपाली भाषामा शपथ लिएका थिए। नेपाली राज्यसभामा नेपाली भाषामा शपथ लिएको समयमा भारतमा नेपाली भाषा आन्दोलन चरममा थियो।

भारतीय संसदमा पहिलोपटक नेपाली भाषामा शपथ लिने नेपाली भने रतनलाल ब्राम्हाण हुन्। माकपाका यी वरिष्ठ नेताले सन् १९७२ सालमा नै भारतीय संसदको तल्लो हाउसमा नेपाली भाषामा सथप लिएका हुन्।

नेपाली भाषामा शपथ लिएपछि नेपालखबरसँग बोल्दै सिक्किमका सांसद इन्द्रहाङ सुब्बाले नेपाली भाषामा शपथ लिन पाउँदा अत्यन्त गर्व महसुस गरेको बताए।

भिडियो:

‘सांसद निर्वाचित भएपछि नै नेपाली भाषामा शपथ लिने अठोट गरेको थिएँ। नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीअन्तर्गत संवैधानिक मान्यताप्राप्त गर्नका लागि भाषा सङ्ग्रामीहरूको ठूलो योगदान छ’, सुब्बाले थपे, ‘हाम्रो आफ्नो परिचय राष्ट्रिय मूलधार देखाउन र भाषा सङ्ग्रामीहरूको योगदानलाई सम्मान गर्नका लागि मैले नेपाली भाषामा शपथ लिएको हुँ।’

यसरी नेपाली भाषामा शपथ लिइँदा क्षेत्रीय आकांक्षा र भारतीय गोर्खाहरूको परिचयले राष्ट्रियस्तरमा मञ्च पाउने उनको भनाइ छ।

‘संसदभित्र यसरी आफ्नै मातृभाषामा शपथ लिइँदा देशका प्रत्येक कुनाले नेपाली भाषा गोर्खाहरू पनि भारतीय नै हुन् भन्ने कुरा बुझ्न सजिलो हुन्छ’, उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .