ad ad

ग्लोबल


छोरीज्वाइँ भेट्न अमेरिका गएका विष्णुप्रसादको सडक दुर्घटनामा मृत्यु

छोरीज्वाइँ भेट्न अमेरिका गएका विष्णुप्रसादको सडक दुर्घटनामा मृत्यु

नेपालखबर
असोज ९, २०७६ बिहिबार ४:५५,

छोरी ज्वाइँ भेट्न अमेरिका आएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। नेपालघर महोत्तरी, बर्दीबास घर भएका उनी ३ हप्ता अघि मात्र छोरी बिनिता सापकोटा तथा ज्वाइँ रोशनराज घिमिरेसँग भेटघाट गर्न लेक्जिङ्टन, केन्टकी आएका थिए।

गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो।

रिचमन्ड रोड र न्यु सर्कल रोड आसपास उनलाई सवारी साधनले ठक्कर दिएको स्थानीय सञ्चार माध्यम लेक्स १८ ले उल्लेख गरेको छ। बाटो छेउमा हिँडिरहँदा उनलाई गाडीले ठक्कर दिएको थियो। बिहान ७ः२० मा दुर्घटनामा परेका उनलाई तत्कालै अस्पताल लगिएको थियो।

विष्णुप्रसादसँगै उनकी श्रीमती विमला पनि मर्निङ वाकमा निस्केकी थिइन्। र्दुघटनाको दृश्य देखेपछि उनी बेहोस भएकी छन्। उनको हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन्।

यसैगरी पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मंगलबार भएको सडक दुर्घटनामा कर्णबहादुर सुवेदीको मृत्यु भएको छ। सडक पार गर्ने क्रममा स्टोन मिल रोडमा गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो। उनी ६१ वर्षका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .