ad ad

ग्लोबल


नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले पराजुली र मुकारुङलाई सम्मान गर्ने

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले पराजुली र मुकारुङलाई सम्मान गर्ने

नेपालखबर
असोज ७, २०७६ मंगलबार ८:१७,

संस्थाकी अध्यक्ष दिपा लिम्बू राईको अध्यक्षतामा बेलायतमा बसेको बैठकले यस निर्णय गरेको हो।

पराजुलीलाई नेपाली साहित्यमा विशिष्ट योगदान गरे बापत् ताम्रपत्र सहित रु. बीस हजार नगदले सम्मान गरिने छ भने मुकारुङलाई ताम्रपत्र सहित एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठनले जानकारी गराएको छ।

वि.सं. २००७ साल पौष २ गते काठमाण्डौंको कोटेश्वरमा जन्मिएका सम्मानित प्रतिभा कवि गोपाल पराजुलीले वि.सं. २०३६ सालमा आफ्नो पहिलो कृति ‘गोलार्धका दुई छेऊ’ नाटक संग्रह प्रकाशित गरेका थिए।

उनका अन्य कृतिहरुमा पृथ्वीमाथि आलेख, दिशाहिन आकाश, हिमालमाथि आलेख, अर्को दिशा, देशमाथि आलेख, शब्द शताब्दी, समानान्तर सडक, शताब्दीको यौटा पत्र, सडकपछि सडक, समयको प्रस्थान, नयाँ ईश्वरको घोषणा, अर्को विश्वको प्रस्ताव र यौटा जेलबर्डको चिट्ठी आदि बिभिन्न कृतिहरू प्रकाशित भैसकेका छन्।

पराजुलीलाई नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत् ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो।

यस्तै पुरस्कृत हुने अर्का श्रष्टा शुभ मुकारुङ वि.सं. २०२८ साल साउन १३ गते भोजपुरको दिल्पा अन्नपूर्णमा जन्मिएका हुन्।

चर्चित गीतकार शुभ मुकारुङका शायद, सम्बेग र स्वीकृति गरी तीन गीति एल्बम र पुग्नु कहा थियो नामक एक गीति संग्रह प्रकाशित भइसकेका छन्। उनको संस्कृतीमा आधारित कृतिहरुमा हामी, कथा ढुङगै ढुङगाको, किरात राई जाति मुन्दुमी सामग्री र कथा पानीको लगायत जम्मा चार कृतिहरु प्रकाशित छन्।

नेपाली गीति लेखन र सांस्कृतिक खाोज अनुसन्धानका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएवापत् स्रष्टा मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने महासचिव मिजास तेम्बेद्वारा जारी गरिएको प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, स्व. जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भटराई, बूद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, स्व. बेणु आचार्य र दावा ग्याल्मो (दार्जि्लिङ) लाई सम्मानित गरिसकिएको छ भने ‘प्रतिभा पुरस्कार’बाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान बल र बलराम अधिकारी पुरस्कृत भइसकेका छन्।

आगामी जनवरीमा काठमाडौंमा एक समारोहको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिने आयोजकले बताएको छ।

नेपाली भाषा, साहित्य, कला, संस्कृती र परम्पराको संरक्षण र सम्बद्र्धन गर्न सन् २००८ मा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको स्थापना भएको हो।
प्रतिष्ठानले साहित्य, संगीत र कला क्षेत्रका श्रष्टाहरुलाई पुरस्कृत र सम्मान गर्दै आएको छ। बरिष्ठ श्रष्टालाई सम्मान तथा युवा श्रष्टालाई पुरस्कार प्रदान गरिदै आएको छ। बेलायतमा झन्डै दुईलाखको हाराहारीमा नेपालीहरु बसोबास गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .