ग्लोबल

Tata MotorsTata Motors

बेइजिङमा मनाइयाे नेपाली राष्ट्रिय दिवस


नेपालखबर
काठमाडौं, असोज ५

बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ मा नेपाल राष्ट्रिय दिवस मनाइएकाे छ। सो कार्यक्रमको आयोजना नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आईईजी) को संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पृथ्वीको कुल भूभागमध्ये सानो अंशमात्र ओगट्ने भएपनि नेपालमा जैविक विविधताको विपुल सम्पदा रहेको उल्लेख गर्दै यस प्रदर्शनीस्थलमा नेपालको सहभागिताको विशेष महत्त्व रहेको बताए। राजदूत पौड्यालले नेपालको अनुपम साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक विशेषताको चर्चा गर्दै आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आमन्त्रण पनि गरे।

अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी बेइजिङ २०१९ का प्रमुख इन्जिनियर झ्याङ ल्यानिनले विश्वकै हालसम्मको विशालतम वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बाटिका नामक नेपाल पभिलियनको विशेष स्थान रहेको उल्लेख गर्दै यस प्रदर्शनी अवधिभरि नेपालको सक्रिय सहभागिताको सह्राना गरे।

ND2

प्रदर्शनीका आयोजक एवम् विभिन्न देशका प्रदर्शकहरु, विदेशी कूटनीतिक प्रतिनिधिहरु, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारण सहित् २५० सय जना भन्दा बढी सहभागी रहेको सो कार्यक्रममा कुमारी स्वागत नृत्यका साथै विविध नेपाली नृत्यसहितको साँस्कृतिक कार्यक्रम एवम् नेपाली खानाको व्यवस्था गरिएको थियो।

प्रदर्शनीस्थलमा रहेको लुम्बिनी शान्ति बाटिका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले २८ अप्रिल २०१९ मा उद्घाटन गरेकी थिइन्। सो प्रदर्शनी अक्टोबर २०१९ सम्म जारी रहनेछ।

असोज ५, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors